आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

धादिङ उद्योग बाणिज्य संघले पुष ७ गतेदेखि १७ सम्म आठौँ धादिङ महोत्सव गर्ने ।

२०७९ मंसिर १२, सोमबार मा प्रकाशित ( २ साल अघि) ७८३८ पटक पढिएको
नारी बाटिका


धादिङ उद्योग बाणिज्य संघको आयोजना आगामी पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सवको आयोजना गर्ने भएको छ ।

कोरोना भाईरसको महामारीले विगत ३ वर्ष अघिदेखी हुन नसकेको महोत्सवलाई यस वर्ष मा भने उद्योग बाणिज्य संघले धादिङवेशीको खुल्ला मन्चमा महोत्सव गर्ने निर्णय गरिएको हो । यसैगरी विगत वर्षका महोत्सव हरु धादिङवेशी कै रायटार स्थित व्यक्तिको जग्गा भाडामा लिई गर्ने गरेको थियो तर यस वर्ष भने धादिङवेशीको खुल्लामञ्च नेपाली सेना धादिङ ब्यारेक नजिकै रहेको खेलकुद ग्राउन्डमा महोत्सवको आयोजना गर्ने भएको छ साथै संघको वैठकले महोत्सवलाइ सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी कार्यक्रमको तयारीमा जुटेको छ ।
जिल्लाका कृषक र कृर्षी उत्पादन,व्यपार व्यवशाय तथा जिल्लामा उत्पादित बस्तुको पर्वद्धन गर्ने मुख्य उद्देस्यले आयोजना गर्न लागिएको उक्त महोत्सव लाई व्यवस्थित सहज बनाउनका लागी संघका कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा गठन भएका विषयगत उपसमिति हरुले शनिवार बाटै काम सुरु गरेको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा ५ करोडको कारोवार हुने र २ लाख दर्शकले अवलोकन गर्ने छ भन्ने आयोजकले अपेक्षा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस