
बिबियु, नारी वाटीका डट्कम
धादिङ- ३० भदौ ।
आज मंगल चतुर्थी पर्व ।
हरेक वर्ष हरितालिका तीजको भोलीपल्ट गणेश चतुर्थी पर्व मनाउने गरिन्छ। शुभफल प्रदान गर्ने देवताका रुपमा पुजीँदै आएको भगवान गणेशको पूजा आरधाना गर्दै गणेश चतुर्थी मनाउने परमपरा छ।
मंगल चतुर्थीको अवसरमा विशेषगरी नेवारी समुदायले परिवार र ईष्टमित्र जम्मा भएर मिठा परिकार बनाएर खाने गरिन्छ । विशेषगरी हरीतालिका तिजको पर्व क्षेत्रि,ब्रमाण,ठकुरी,परियार,मिजार,बि.क,मगर जाती लगायतले विशेष महत्वका साथ मनाउँने गरिन्छ ।
तर पछिल्ला समयमा नेवारी समुदायका नारीहरुले पनि तिज मनाउन थालिएको भएता पनि आजको मंगल चतुर्थीलाई विशेष महत्व दिएर मनाउने गरेका छन् ।
आफ्ना भक्तहरुलाई चाहेको वरदान दिने भगवना गणेशको जन्म तिथि पनि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आरधना गरी मनाइने प्रचलन रहेको छ ।












प्रतिक्रिया दिनुहोस