आज: २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १,३९५ पुग्यो,अझै ५,१३० जनाको अवस्थाा अज्ञात

२०८३ भाद्र ३०, मंगलबार मा प्रकाशित ( २ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटीका डट्कम
धादिङ- ३० भदौ ।

रसुवा भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या हालसम्म १ हजार ३९५ जना पुगीसकेको छ भने अझै ५ हजार १३० जनाको अवस्था अज्ञात छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार हालसम्म भेटिएका शवहरू मध्ये सबैभन्दा बढी चितवनमा ३६४ जनाको रहेको जनाएको छ।

यसैगरी अन्य जिल्लाका स्थानहरुमा उक्त शव भेटिएको हो । भदौ १० को रसुवाको भिषण र बिनाशकारी बाढीले चारपट्टी छरपष्ट भई यो मानिस हो भनेर पहिचान गर्नमा कठिन भएको कारण हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्रै सनाखत भएको बताइएको छ।

बाँकी शवहरूको पहिचानका लागि डिएनए ९म्ल्ब्० परीक्षणलगायतका प्राविधिक प्रक्रियाहरू अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७३७ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई विभिन्न ३३ वटा होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको बताएकी छिन् । जसमध्ये नुवाकोटमा १,४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना छन्।

घाइतेहरूको उपचारका लागि विभिन्न १९ वटा अस्पतालहरूमा भैइरहेको छ । बाढी प्रभावितहरुको मानसिक असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले १५० जना परामर्शदाता परिचालन गरिएको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस