आज:  | Mon, 20, Jan, 2025

१६ दिने दिवसीय लैंगिक हिंसा विरुद्धको अभियानमा नारी जागरण केन्द्रले अभिमुखीकरण कार्यक्रम गर्दै ।

१५ मंसिर २०७९, बिहीबार १९:२९ मा प्रकाशित ( २ साल अघि) २८८५ पटक पढिएको
नारी बाटिका



धादिङ २०७९ मंसिर १५

१६ दिने दिवसीय लैंगिक हिंसा विरुद्धको अभियान मा नारी जागरण केन्द्रले मंसिर २२ गतेका दिन अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

प्रत्येक वर्ष नोवेम्वर २५देखी डिसेम्वर १० सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाईने लैंगिक हिंसा विरुद्धको अभियानलाई १६ दिने दिवशिय रुपमा मनाईने गरिन्छ । जस अनुसार धादिङ जिल्लामा पनि सरकारी तथा गैह्र सरकारी संघ सस्थाहरु द्धारा विभिन्न कार्यक्रम गरी मनाउने क्रम जारी छ । विगत देखी समुदाय विकासमा सहयोगी हातको रुपमा भौतिक,आर्थिक र सामाजिक तवर बाट काम गरिएका विभिन्न सामाजिक संघ सस्थाहरुको सक्रियता समुदाय शसक्तिकरण तथा सचेतना जगाई हिंसा न्युनिकरण गर्नको निमित्त यस्ता कार्यक्रमले निकै महोत्वपुर्ण भुमिका रहेको पाईन्छ तर यतिवेला देशका कुनैपनि गैह्र सरकारी संघसस्था ले नेपालको ग्रामिण भेग विगटमा जहाँ सरकार पुग्न नसकेको समुदाय स्तरमा आर्थिक,सामाजिक,भौतिक बिकासमा काम गरिरहेका भएता पनि सरकारद्धारा उचित मुल्याङकन नगरिदा बिकासका साँझेदार संस्थाहरु ओझेलमा परेका छन् । हरेक वर्ष मंसिर महिना अर्थात नोभेम्वर २५ देखी डिसेम्वर १० सम्म १६ दिने दिवसको रुपमा मनाईने लैंगिक हिंसा विरुद्धको अभियिान यस पनि राष्ट्रिय र अन्तर्रराष्ट्रिय रुपमा छुट्टा छुट्टै नारा लिई मनाउने कार्यक्रम रहेको हुंदा यसै अभियानको पहिलो दिन जिल्ला प्रहरी कार्यलयको आयोजनामा धादिङ जिल्लामा लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तरर्गत मंसिर ९ गतेका दिन प्रभातफेरी सचेतनामुलक कार्यक्रम बाट शुरु भएको हो
अझै पनि समाजमा बिद्यमान रहेको लैङ्गिक हिम्साललाई न्यनिकरण गर्न बिगतमा गरिएका प्रतिबद्धतालाई समिक्षा गर्ने दिन पनि भएकोले आफ्नो घर,कार्यालय,संघ संस्था तथा आ आफ्नो स्थान बाट समिक्षा गर्दै अभियानलाई सार्थकता दिुनपर्ने जस्ता चासो राख्दै विगत २५ वर्षदेखी यसै क्षेत्रमा काम गर्दै आईरहेको नारी जागरण केन्द्र्रले नारी बिकास महिला सहकारी र नारी बाटिका डट्कम ,अनलाईन खवर मिढियाको सहयोगमा यहि मंसिर २२ गते अर्थात अभियानको १४औं दिन पारेर जिल्ला प्रहरी कार्यलय धादिङ र केन्द्रको सयुक्त आयोजनामा समुदायका महिला समुह विषेश गरी हिसा प्रभावितहरुलाई सहभागी गराई अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस