आज:  | Thu, 27, Mar, 2025

जनता समाजवादी पार्टी, नेपालले भूमिहीन दलित, सुकुम्बासी र अब्यबस्थित बसोबासीका सम्बन्धमा ध्यानाकर्षण ।

१७ मंसिर २०७९, शनिबार १९:१२ मा प्रकाशित ( २ साल अघि) ९३३ पटक पढिएको
नारी बाटिका




शरिवार २०७९ मंसिर १७ गते काठमाण्डौ

जनता समाजवादी पार्टी, नेपालले काठमाण्डौको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रियभूमि आयोगले काठमाण्डौ महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाण्डौको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एकिकृत बागमती सभ्यता विकास समितिले बागमती नदी किनारका क्षेत्र सौन्दर्यकरण गर्ने भन्दै त्यहाँका घरटहरा र खासगरी सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको आधारमा काठमाण्डौ महानगरको बस्तीमा डोजर चलाउने काम अविलम्ब रोकी सरोकारवालाहरू सँगको समन्वयमा विधि, प्रकृया र कानुनसम्मत ढंगले आपसी समझदारीका आधारमा समस्या समाधानको बाटो पहिल्याउनु पर्नेमा जसपाले जोड दिएको छ ।
विद्यमान सुकुम्बासी समस्या सिंगो मुलुकको समस्या हो,गम्भीर र संयमित भई सम्बन्धीत सबै पक्षलाई अगाडि बढ्न जसपा, नेपालले जोडदार माग गरेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस