नारी बाटिका
२०७९ मंसिर २४,
धादिङ
धादिङ मलुखुकी मायाँदेवी शर्मा समानुपातिक प्रदेश सांषद सुचिमा पर्न सफल हुनु भएको छ ।
लक्ष्य अनुसार २०७९ मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न अशफल बनेको एकीकृत समाजवादी पार्टीले प्रदेश तर्फ समानुपातिक सांसदको सूची अन्तिम गरी निर्वाचन आयोगलाई बुझाएको छ । जसमा धादिङ जिल्लाबाट मलेखु निवासी मायादेवी शर्माको नाम पनि उल्लेख गरिएको बुझिएको छ ।
बागमती प्रदेशबाट समानुपातिक दुई जना प्रदेश सांसद बनाएको एकीकृत समाजवादी पार्टीले धादिङ मलेखु निवासी एव्ं पार्टी केन्द्रिय सदस्य समेत रहनु भएकी शर्मालाई प्रदेश सांसद सुचिमा नाम चयन गरेको हो । यद्यपी निर्वाचन आयोगले प्रमाणिकरण गर्न भने बाँकी नै रहेको छ ।
समानुपातिक तर्फ नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा १, मधेशमा ३, बागमती प्रदेशमा २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा १र१ सीट पाएको छ ।
मंसिर ४ को निर्वाचनमा सवै राजनितिक दलहरुबाट प्रत्यक्ष तर्फ महिला लाई टिकट दिन कन्चुस्याई गरेका भएता पनि नेपालको संविधानले व्यवस्था गरे अनुसार समानुपातिक तर्फ भने अनिवार्य रुपमा ३३ प्रतिशत महिला समावेश हुनु पर्ने भएकोले दलहरुलाई महिलाको नाम समानुपातिक सुचिबाट हटाउनको लागी हम्मे हम्मे परिरहेको अवस्थामा जे होस सरल, मिजासिली र एकल महिला धादिङकी पुर्व अध्यक्ष समेत रहेकी मायाँदेवी शर्मा लाई समानुपातिक प्रदेश सांषद छनौट गरिएकोमा उहाँको राजनितिक यात्रा सफलताको लागी नारी वाटिका अनलाईन परिवार हार्दिक वधाई ज्ञापन गर्दछ ।







प्रतिक्रिया दिनुहोस