आज:  | Tue, 14, May, 2024

आठौँ धादिङ महोत्सवमा बृहत कृषि मेला तथा प्रदर्शनी हुने, उत्कृष्ट हुने कृषक लाइ नगद पुरस्कार दिइने ।

२८ मंसिर २०७९, बुधबार १३:३२ मा प्रकाशित ( १ साल अघि) ४५१ पाठक संख्या
नारी बाटिका


२०७९  मंसिर २८ धादिङ ।

आठौँ धादिङ महोत्सव २०७९ मा बृहत कृषि मेलातथा कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ ।
कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सव स्थलमा बृहत कृषि मेला तथा प्रदर्शनी हुन लागेको हो ।
कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाइ ९ विधामा बर्गिकरण गरिएको छ । हरेक विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हात पार्नेहरु लाइ नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषि प्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिनु भयो ।
त्यसैगरी प्रदर्शनीमा खाद्यान्न बाली समुह, दलहन बाली समुह, आलु वाली समुह, तरकारी बाली समुह, काउली बाली समुह, फलफुल बाली समुह, नगदे बाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवाआदी) मा प्रतिस्पर्धा गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङका प्रमुख होमनाथ लंसालले जानकारी दिनु भएको छ ।
किसानहरुले उत्पादन गरेको कृषि उपजहरु महोत्सव आयोजना स्थलमा पुस ६ गते विहान १० बजे देखि ५ बजे सम्म र ७ गते विहान७ बजेदेखि ११ बज ेसम्म दर्ता गर्न सकिने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।प्रतिस्पर्धामा भाग लिएका सवै कृषकहरुको सवै समुहको उत्पादन लाइ प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीमा भागलिन धादिङका कृषकहरु लाइ महोत्सव मुल आयोजक समितिले अनुरोध समेत गरेको छ ।
किसानहरुको कृषि उत्पादन बृृद्धि गराउन प्रोत्साहन गर्न तथा उनीहरुको मेहनतलाइ सम्मान गर्नको लागि कृषि उपजहरुको प्रतिस्पर्धा गराउन लागिएको धादिङ उद्योग बाणिज्य संघका महा सचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनु भएको छ ।

 

 

 

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस