आज:  | Fri, 26, Apr, 2024

बन्यो विश्वविजेता अर्जेन्टिना विश्व खेलाडी बन्न सफता मिल्यो ।

४ पुष २०७९, सोमबार ०९:३४ मा प्रकाशित ( १ साल अघि) २४२ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ २०७९ पौष ४

३६ वर्षपछि मेसीले फर्काए विश्वकप
राष्ट्रिय टिमबाट तत्काल संन्यास नलिने मेसीको घोषणा
उत्कृष्ट युवा खेलाडी– एन्जो फर्नान्डेज अर्जेन्टिना

दोहा — कतारमा आइतबार बिहानै देखि घनिकरहेको माहोल अन्तमा अर्जेन्टिनाको पक्षमा हात लाग्यो । मेट्रो, सपिङ मल, फ्यान जोन लगायत सार्वजनिक स्थलमा नीलो र सेतो धर्के जर्सी लगाउने का पक्षधरहरू आफ्नै भाषामा मच्ची गीत गाउँदै उफ्रिरहेका थिए । धेरैले लियोनल मेसीको जर्सी लगाएका थिए । त्यसैल पनि उक्त जर्सी नं। १० बजारमा पाउनै छाडेको थियो । विश्वकप २०२२ फाइनलका लागि चार घण्टा अघि नै सानको साथ लुसेल रंगशाला जाँदा मेट्रोमा उभिने ठाउँ पाउन पनि हम्मे हम्मे नै भयो । निजी कार, ट्याक्सी लगायत सवारी साधनको भिडले ट्राफिक थेगि नसक्नु भई चुनौती नै भैइरहेको थियो ।
छोटै समयमा बिकासले फड्को मार्न सफल उत्त स्थान समुद्र पुरेर बनाइएको सुविधा सम्पन्न लुसेल रंगशालाको माहोल पनि अर्जेन्टिना कै पक्षमा थियो  भन्न सकिन्छ । ८८ हजार ९ सय ६६ दर्शक मध्ये सवै जसो दर्शक अर्जेन्टिनाका समर्थक देखिन्थ्ये । रमाउदै,गीत गाउँदै, दुई हात फैलाउँदै उफ्रिने अर्जेन्टिनी समर्थकले प्यारापिट भरिएको थियो । एउटा गोल पोस्ट पछाडि केही हजार मात्रै फ्रान्सका समर्थक रहेको भान हुन्छ । खाडी मुलुकमा यो पहिलो पटक भएको फुटबल महाकुम्भ २९ औं दिनमा सम्पन्न हुंदा पूरा प्रतियोगिता अर्जेन्टिना मय रहेको देखियो। अन्ततगत्व ः अर्जेन्टिना ३–३ को बराबरी पछि फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराएर ३६ वर्षपछि विश्वकप च्याम्पियन बन्न सफल भएको हो  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस