आज:  | Mon, 13, May, 2024

आठौं धादिङ महोत्सवमा ७० हजार दर्शशकले अवलोकन गरे, ५ करोड बराबरको कारोबार ।

१८ पुष २०७९, सोमबार १९:२२ मा प्रकाशित ( १ साल अघि) १६९ पाठक संख्या
नारी बाटिका


धादिङ — पुस १८
नारी वाटिका समचारदाता

धादिङ उद्योग वाणिज्य संघद्धारा आयोजित “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङ वेशीमा दश दिनसम्म सञ्चालन भएको आंठौं धादिङ महोत्सव आईतवार देखी सम्पन्न भएको छ।
पुस ७ गतेदेखि संचालनमा रहेको आठौँ धादिङ महोत्सवको अन्तिम दिन समापन कार्यक्रम गरी सम्पन्न भएको हो । समापन कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षता सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, पालिकाका अध्यक्ष, वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख एव्ं प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रमुख एव्ं प्रतिनिधिहरुको आतिथ्यमा समापन गरिएको थियो ।


यस वषर््ाको कार्यक्रममा ७० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेका छन् भने ५ करोड बराबरको कोरोबार भएको आयोजकले जनाएको छ । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै धादिङ क्षेत्र नं। २ का संघिय सांसद रामनाथ अधिकारीले उत्तरी धादिङको पर्यटकिय क्षेत्रको विकासको लागि सडक संजालको मुख्य आवश्यकता रहेकोले धादिङ जिल्लाबाट जनताले चुनी पठाएका जन प्रतिनिधीहरुले यस तर्फ ध्यान दिनुपर्ने बताउनु भएको छ ।

विगतका महोत्सवले त्रिशुली वारी र पारी रहेको धादिङलाई पक्की पुलहरुको निर्माण गर्ने तथा अन्य विकासका योजना ल्याएर धादिङ जिल्लालाई एकीकृत बनाउन सहयोग पुर्याएको थियो यो महोत्सवले जिल्लाको बिकासलाई एकीकृत गरी उत्तरी धादिङको रुविभ्याली सम्म सडक संजाल पु¥याएर विकासको ढोका खोल्नको लागी राजनीतिक दलहरू एकजुट भई लाग्नु पर्ने बताउनु भएको छ । आठौं धादिङ महोत्सवले स्थानीय उत्पादनको बिक्रि वितरण मात्रै नभई किसानहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान समेत गरेको हुदा बजारीकरणमा सहयोग पुगेको बताउनु भएको छ ।
महोत्सवमा राखिएका धादिङको उत्पादन सामाग्रीले धादिङलाई चिनाएको छ , रुविभ्यालीको रुवि, जवाङको सुन्तला, सल्यानटारको मास,तिल,खरीको खरी पिँडालु, कृषि जन्य उत्पादन, गलैंचा, जडिबुटी तथा कृर्षकको उत्पादित वस्तु विक्री बितरण तथा बजारीकरण भएकोले आगमी दिनमा धादिङको उत्पादनले बजार समेत पाउने सम्भावना बढेको वताउनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस