आज:  | Fri, 03, May, 2024

नारी संस्थाद्धारा जेष्ठ नागरिकहरुलाई तिर्थस्थल देउघाट धामको दर्शनका लागी भ्रमण गराईयो ।

२ माघ २०७९, सोमबार १२:३१ मा प्रकाशित ( १ साल अघि) ३२६ पाठक संख्या
नारी बाटिका



धादिङ, माघ २ गते शोमवार ।

हरेक वर्ष समाजका अभिभावक जेष्ठ नागरिक आमा वुवा हरुलाई विभिन्न तिर्थस्थलको दर्शन गराउनका लागी भ्रमण कार्यक्रम गर्दै आईरहेको नारी जागरण केन्द्र नारी विकास सहकारी संस्थाले माघे सक्रान्तिका दिन देवघाट धामको भ्रमण कार्य सम्पन्न गरेको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको दिन पारेर संस्था अन्तर्रगत समुहमा हुनुहुने जेष्ठ नागरिक आमा वुबाहरुलाई लक्षित गरी नारी जागरण केन्द्र र नारी बिकास सहकारी संस्थाको संयुक्त आयोजनामा ३५ जना वृद्धवृद्धा र उहाँका परिवारका सदस्यलाई पवित्र तिर्थ स्थल देवघाटधामको भ्रमण गराएको हो ।

 

जेष्ठनागरिक तथा वृद्धवृद्धाहरुको लागी धेरै टाढाको मठमन्दिर जान असहज हुने,बाटोहरु उकाली ओराली,मौसमको समेत ख्याल राखी वृद्धवृद्धाहरुहरुलाई यात्रा गराउनु पर्ने भएकोले यस तर्फ विषेश ध्यानमा राखी हिन्दू धर्मालम्विहरुले पुस्तौ देखी मानी आएका तथा प्रत्यक्ष रुपमा प्राचिनकालमा सिता माताले गुफा वास बस्नु भएको (सिता गुफा) भगवान रामले ध्यान गर्नु भएको चट्टान छेडी प्राकृर्तिक रुपमा अवस्थित राम गुफा,को दर्शन गराएको थियो ।

त्येस्तै गुसाईकुण्ड,वुढीगण्डकी,आँखुखोला,नेत्रावती नदी लगायत ९ नदीको संगम आदीबाट वगी आएकी देवघाट नदीमा स्नान् गरी शुद्ध भई देवघाट महादेवको पुजाआजा गरीएको थियो । प्रवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा दर्शन गर्न आउने भक्तजनका सुविधाका लागी नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गरिएको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरी उक्त सडकखण्ड खुला गरिएको बताएका छन् । तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उहाँले जानकारी दिनु भयो । आजबाट सो सडकखण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ ।

देवघाटमा स्नान् गर्न विदेशीसहित देशैभरबाट लाखौ संख्यामा भक्तजन आउने गर्दछन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाख भन्दा बढी भक्तजनले दर्शन गरिएको जनाईको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएका भक्तजनहरू यस वर्ष आएका अनुमान गरिएको गरिएको छ ।

देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा ¥याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान् गरी प्राचिनकालमा भगवान राम र लक्ष्मणले पिङ खेल्नु भएको स्थान,सिता माताले सान्ति वास वस्नुभएको गफा,राम भगवानले ध्यान गर्नुभएको ध्यान गुफा आदीको दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस