आज:  | Thu, 18, Apr, 2024

प्रतिनिधिसभाको उपसभामुखमा १६६ मत प्राप्त गरी इन्दीरा राना निर्वाचित ।

७ माघ २०७९, शनिबार २०:०७ मा प्रकाशित ( १ साल अघि) २४१ पाठक संख्या
नारी बाटिका


धादिङ्ग २०७९ माघ ७, शनिबार

आज भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद १६६ मत व्राव्त गरी इन्दिरा राना निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी राखिएको प्रस्तावको पक्षमा १६६ मत खसेको थियो ,

यस अघि भएको सभामुखमा निर्वाचित भैईसक्नु भएका देवराज घिमिरेले मत विभाजनको परिणाम सार्वजनिक गर्दै, इन्दिरा रानालाई उसपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित भएका प्रतिनिधीसभाका सदस्य सङ्ख्याको आधारमा बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नु भएको थियो ।

उक्त प्रस्तावको विपक्षमा भने जम्मा ९७ मत खसेको थियो । मतदान कार्यमा जम्मा २६४ प्रतिनिधीसभाका सदस्यहरुको सहभागिता रहेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा प्रस्तुत गरिएन ।

रास्वपाका उम्मेदवार थापाको प्रस्तावकमा सोही दलका सोविता गौतम र समर्थकमा एमालेका कृष्ण गोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्र नाथ शुक्ल हुनुहुन्थ्यो ।

यसअघि कांग्रेसका अर्जनु नरसिंह केसी, रुपा सोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेकपा एकीकृत समाजवादीका अम्मर बहादुर थापा र जनमत पार्टीका गोमा लाभ सापकोटाले पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राम प्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेश कुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते मङ्गलबार १ बजे बस्ने भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस