
नारी बाटिका

आज मंगलवार देखी मौसमी वदली हुने ।
१० माघ, २०७९ काठमाडौं ।
करिव ४ महिनादेखी वर्षा ठप्पै जस्तो भएको मौसमी वातावरणमा आज मंगलवार देखी केही ठाउँमा पानी पर्ने संम्भावना रहेको मौसम विदको अनुमान रहेको छन् ।
पश्चिमी क्षेत्रबाट मौसमी चिसो प्रवेश गरेकोले पानी पर्ने र यो ठण्डिी महिना पनि भएकोले चिसो अझै बढ्ने अनुमान गरिएको हो ।
आज मंगलवार गए रातीदेखी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य मौसमी बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको मौसमी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति र बुधबारसम्मै पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको जनाईएको छ । कर्णालीका हिमाली जिल्लामा भने बिहानैदेखि हिमपात भइरहेको जानकारी आएको छ ।
त्येस्तै बिहीबार देखी भने मौसम वदली भए पनि समान्य वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ ।
मौसमी अदली बदली भइराखेको भएता पनि यो सालमा हिउँद लागेदेखि नै नेपालमा पानी पर्न सकिरहेको छैन ।







प्रतिक्रिया दिनुहोस