
नारी बाटिका

जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी अनलाइन फारम अग्रिम बुकिङ गर्ने
धादिङ, माघ १९
यस अघि हरेक शुक्रबार ३ बजे एक हप्ताको लागि एपोईनमेन्ट डेटको बुकिङ खोलिदै आएको थियो । सुक्रवार कार्यलय समय सकिय पछी मात्रै २ सयको कोटामा अनलाईन खुला गर्ने गरिएको र फारम भर्न कोटाको अभाव भई राहदानी बनाउन आएका सर्व साधारणलाई निकै सास्ती हुने गरेको थियो ।
त्यस्तै विद्युतिय राहदानी आवेदनका लागि अनलाईन खुला हुने वित्तिक्कै फारम भर्न खोजियता पनि प्रशासन कार्यलयकै कतिपय कर्मचारीहरुले आफ्नो प्राईभेट अनलाईन सेवा सेन्टर समेत खोली संन्चालन गरिरहेका छन् ।
कर्मचारीहरुले अनलाईन सेवा सेन्टर सेन्टर संन्चालन गरेकाले कुनवेला र कहिले खुल्छ भन्ने बारे उनिहरुलाई नै विषेश जानकारी हुने भएकोले उक्त सिमित रुपमा खोलिएको कोटामा उक्त सेन्टरमा नै गई रु पाँचसय देखी एक हजार सम्म सुल्क तिरी फारम भर्दा फारम बुक गर्न सकिने,अन्य बाहिरका नागरिकहरुले अनलाईन फारम भर्न भने समस्या पर्ने गरेकोले धेरै गुनासो आउने गरेको थियो ।
यही माघ २० गते शुक्रबार ३ बजेदेखि भने विद्युतिय राहदानी आवेदनका लागि एकैसाथ आगामी एक महिना लागि अग्रिम बुकिङ गर्न सकिने गरी कोटा खोलिने भएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सूचना जारी गर्दै अग्रिम बुकिङ खोलिने विषयमा जानकारी गराएको हो ।
यस्तै अनलाईन फारम भर्दा धेरै त्रुटीपूर्ण विवरणहरु भर्ने गरिएको, आवश्यक कागजातहरु अपलोड हुने गरेको समेत पाईएको भन्दै अनलाईन फारम भर्दा सहि स्पष्ट विवरण र आवश्यक कागजात समेत अपलोड गरिदिन अनुरोध पनि गरेको छ ।
साथै आफ्नो एपोईन्टमेन्ट डेट जुन दिन परेको हो सोही दिन मात्र आवश्यक कागजात सहित उपस्थित हुन पनि सूचना मार्फत प्रशासनले अनुरोध गरेको छ ।








प्रतिक्रिया दिनुहोस