आज:  | Tue, 30, Apr, 2024

फागुन १ गते जनयुद्ध दिवसको अवशरमा सरकारको सार्वजनिक बिदा दिने निर्णय ।

२९ माघ २०७९, आईतवार १८:५९ मा प्रकाशित ( १ साल अघि) ३१८ पाठक संख्या
नारी बाटिका


फागुन १ गते जनयुद्ध दिवसको अवशरमा सरकारको सार्वजनिक बिदा दिने निर्णय ।

२९ माघ, आईतवार

सरकारले फागुन १ गते जनयुद्ध दिवसका अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले खोली फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिकमा परिवर्तन आउनुमा जनयुद्धले पु¥याएको ठुलो योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिनु भएको छ ।

माओादी जनयुद्ध २०५२ साल फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते नेपाली काँगे्रसका युग नेता स्वोगिय गिरिजा प्रशाद कोईरालाको नेतृत्वमा विस्तृत शान्ति सम्झौतामा भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएको थिए ।

जनयुद्धको नेतृत्व कर्ता माओवादी पार्टी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएका छन् । परिवर्तनका पक्षमा भएका भन्दै आन्दोलन र क्रान्तिको सम्मानमा यस वर्ष देखी सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिदै आएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस