आज: २०८३ मंसिर ११, शुक्रबार | Fri, 27, Nov, 2026

भोटेकोसी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

२०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित ( १ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -११ मंसिर ।

भोटेकोसी बाढीबाट घरबार बिहिन भएर भाडामा बसिरहेका नुवाकोटको विदुर नगरपालिकाका परिवारले घरभाडाबापतको सरकारी सहायता उपलव्ध गराउन थालिएको छ । बाढीपिडितहरुका लागी सहायता तथा पुर्ननिर्माणका लागी देश विदेशमा भएका नेपालीहरुलगायत सरकारको प्रधानमन्त्री कोषमा थुप्रै रकम जम्मा भइरहेको अवस्थामा करिव ३ महिनापछी सरकारले पहिलो चरणमा ९७० परिवारको बैंक खातामा रकम पठाउन सुरु गरेको हो।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार बाढीबाट प्रभावित लाभग्राहीहरु तिन महिनादेखी घरभाडा लगायत विभिन्न ठाउँमा शरण लिएर बस्दै आएका हरुलाई सरकारी कोषको राहत रकम वितरण कार्य थालिएको हो। पहिलो चरणमा बिदुर नगरपालिका वडा नं. १० वेत्रावतीका प्रभावित क्षेत्रबाट रकम वितरण कार्य सुरु गरी नगरपालिकाका सबै वडाका बाढी पिडितहरुमा विस्तार गरिएको उनको भनाइ छ ।

पहिलो चरणमा लाभग्राहीको विवरण र आवश्यक प्रक्रिया पूरा भएका परिवारलाई चरणबद्ध रूपमा घरभाडाबापतको रकम उपलब्ध गराइनेछ भने दोस्रो चरणमा विवरण अद्यावधिक तथा प्रमाणीकरण गर्ने कार्य भइरहेकाले लाभग्राही कायम भएका सबै परिवारलाई क्रमशः रकम वितरण गर्दै जाने नगरपालिका योजना शाखाले जनाएको छ ।

भोटेकोशी बाढीपछी परिवार तथा घरजग्गा सम्पुर्ण गुमाएकाहरुका लागी यसअघि विदुर नगर कार्यपालिकाले प्रभावित परिवारहरुलाई आश्रयस्थल छाडेर सुरक्षित स्थानमा घरभाडामा बस्न चाहेमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

त्यसपछि संघीय सरकारले पनि बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनासम्म घरभाडाबापतको रकम उपलब्ध गराउने घोषणा गरे अनुसार दोहोरो भुक्तानी नहुने गरी नगरपालिकाले रकम वितरणको कार्यलाई अघि बढाएको जनाएको छ ।

यस्तै,सरकारी मापदण्ड अनुसार चार जनासम्म भएका परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछ भने चार जनाभन्दा बढी परिवार संख्या भएका परिवारमा प्रति व्यक्ति थप मासिक दुई हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने छ।

यसैगरी, बाढी प्रभावित क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्थासँगको सहकार्यमा घरभाडामा बस्दा आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, सरसफाइ सामग्री तथा अन्य बन्दोबस्तीका सामान यसअघि नै राहत उपलब्ध गराइएको बताएको छ।

गत भदौ १० मा चिनबाट भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीले सबै भन्दा बढी नुवाकोट,रसुवामा हजारौं परिवारको धनजनको क्षति पुर्याएको छ भने धादिङ,गोरखा लगायतका अधिकाँश जस्तै झोलुङे तथा मोटरेवल पुल,सडक लगायतमा ठुलो क्षति पुर्याएको छ । यस्तै हजारौं घर परिवारलाई घरबारविहीन बनाएको अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑