आज:  | Fri, 03, May, 2024

लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन ।

३ फाल्गुन २०७९, बुधबार ०८:३२ मा प्रकाशित ( १ साल अघि) २८१ पाठक संख्या
नारी बाटिका


धादिङ,३ फागुन ।

 

लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन ।

नेपालका प्रथम सहिद लखन थापाको १४६औँ स्मृती दिवसका अवशरमा धादिङबेसीमा दिप प्रज्वलन गरी मनाईको छ । नेपाल मगर संघ धादिङको आयोजनामा भएको उक्त कार्यक्रममा सहिद लखन थापाको शालिक वरपर सरसफाई गरी भव्यताका साथ मनाइएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित लखन थापमा चोकमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्नुको साथै १४६ औं स्मृती दिवस भएकोले १४६ मैनवत्ती वाली दिप प्रज्ववल गरिएको आयोजकले जानकारी गराएको छ ।

सहिद थापाले नेपाली जनतालाई राणा शासनको चर्को शोसण र दमन बाट मुक्ति गर्नका लागी राणा सासनको विरुद्दमा सहिद लखन थापाले आवाज उठाउनु भएको थियो ।

राणा सासनको विरुद्धमा वोलेकै कारण क्रुर, अपराधीक मानसिकता बोकेका राणा सरकारले थापालाई फागुन २ गते कै दिन गोरखा जिल्लाको वुङकोट घाटमा ल्याई मारेको हो ।

जिउँदै झुन्डयायर फाँसी दिएको सम्झनामा नेपाल मगर संघ द्धारा प्रत्येक बर्ष फागुन २ गतेका दिनलाई कालो दिनका रुपमा सम्झना गर्दै, देशै भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै आईरहेएको आयोजकले जानकारी दिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस