बिबियु,नारी वाटिका डट्कम
धादिङ ३० कात्तिक ।
चार दिनसम्म श्रदा,भक्ति र निष्ठा पुर्वक मनाइने छठ पर्व आज विहान सूर्यदेवको उदयसंगै पूजा आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुंदैछ।
४८ घयटासम्म ब्रत बसेका ब्रतालुहरु कतिपय त हिजैदेखी नदी घाटमा बनाइएको स्थानका जलाशयमै रातभर जाग्राम बसेर शक्ति स्वरुपमा छठी माताको भजन कीर्तन गाएर पूजा आराधनासहित बसेकाहरुले आज विहानै स्नान गरी गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि रहेको छ।
ब्रतालुले यसरी घाटमा जाग्राम बसेर गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो।
आइतबार साँझ अस्ताउँदो सुर्यलाई अर्घ्य दिइएको थियो भने अहिले विहानको सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि चार दिनसम्म बडो धुमधामका साथ मनाईन्ने छठ पर्वको पूजा समापन गरिन्छ।
सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर ध्यान,तप र आरधना गर्दै सुर्यलाई अर्घ्य दिई दर्शन गर्ने गरिन्छ छ।
यसअघि सरकरकाले षष्ठीका दिन मात्रै सार्वजनिक बिदा दिने गरेकोमा यस वर्षमा भने छठ पर्वको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ।












प्रतिक्रिया दिनुहोस