आज:  | Fri, 03, May, 2024

२४ औं स्थापना तथा ११३ औंअन्तर्राष्ट्रिय नारी दिवशको अवशरमा अन्तर्र जिल्ला भ्रमण कार्यक्रम

२५ फाल्गुन २०७९, बिहीबार २०:३३ मा प्रकाशित ( १ साल अघि) ६५० पाठक संख्या
नारी बाटिका


धादिङ फागुन  २५ विहिवार ।

२४ औं स्थापना तथा ११३ औंअन्तर्राष्ट्रिय नारी दिवशको अवशरमा अन्तर्रजिल्ला भ्रमण कार्यक्रमक सम्पन्न भएको छ । नारी जागरण केन्द्र धादिङ तथा नारी विकास सहकारी संस्थाको सयुक्त आयोजनामा सम्पन्न भएको उक्त भ्रमण कार्यक्रममा नारी जागरण केन्द्रका कार्यकारी निर्देशक एव्ं नारी विकास सहकारीकी अध्यक्ष भगवती उप्रेती,उपाध्यक्ष लक्ष्मी राउत लगायतका कार्यसमितीका सदस्यहरु,सहकारी संस्थाका सचिव प्रमिला घमिरे लगायतका सन्चालक सदस्यहरुको सहभागिता रहेको थियो ।

यस्तै नारी विकास सहकारी संस्था अन्तर्रगत ऋण उपसमितीका सिता अधिकारी,व्यवस्थापन समितीका ज्ञानु अधिकारी,लेखा उपसमितीका सदस्य पम्फा अधिकारी, नारी जागरण केन्द्र र सहकारीका कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी केन्द्र अन्तर्रगतका निलकण्ठ नगरपालिका १२ स्थित चेतनशिल महिला समुहका अध्यक्ष मैयाँ राउत तथा सदस्यहरु,नि.न.पा.१२कै उध्यमशिल महिला समुहका सिता ढुंगाना तथा सदस्यहरु,निनपा ४ रक्तकाली महिला समुहका मिना श्रेष्ठ,जेथा कुमारी थापा,निनपा ३ सितलबजार महिला समुहका प्रतिनिधीहरु,निनपा ३ पहरेचौतारा स्थित समुहका सदस्यहरु लगायत अन्य समुहका सदस्यहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यसैगरी प्रत्येक वर्ष वार्षिक योजना निर्माण गरी कार्यसमिती,उपसमिती,कर्मचारीहरु,समुदायका समुहहरुलाई सहभागी गराई तालिम,गोष्ठी,अभिमुखीकरण,भ्रमण तथा क्षमता मुलक कार्यक्रम सयुक्त रुपमा गर्दै आईरहेको संस्थाले जेष्ठ नागारिक समाजका अभिभावकहरु सहित नेपालको दुर्गम ठाउँ मुस्ताङ जिल्लामा पर्ने पौराणिक महत्व बोकेको नेपालका तिर्थहरु मध्यकै दर्शनका लागी उत्तम मानिने मुक्तिनााथ धाम,वेनी जिल्लामा पर्ने गलेश्वर महादेव धाम,म्याग्दी जिल्लामा पर्ने भगवान रामको पाउकुण्डको रुपमा लिईने तातोपानी पाउकुण्ड,को दर्शन गराईएको थियो ।

यसैगरी वाग्लुङ जिल्ला अवस्थित वाग्लुङ कालिका,कास्की जिल्लामा पर्ने प्राकृर्तिक सौदर्य,सराङकोट घुमघाम सकी शिव मन्दिर,विन्दवासिनी मन्दिरमा पुजाआजा सकी फेवातालको डुंगामा रमाउदै तालवाराही लगायत विभिन्न स्थानका धार्मिक तिर्थ स्थल हरुको दर्शन गराईएको थियो । त्यस्तै विषेश गरी लैगिक हिंसा नियन्त्रण गर्नका लागी महिलाहरुको आर्थिक र सामाजिक िवकास सगसंगै सशक्तिकरणका गराउने उद्देश्यले केन्द्रको २४ औं स्थापना तथा ११३ औं अन्र्राष्ट्रिय नारी दिवशका अवसर पारेर फाल्गुन १९ देखि २२ गते सम्म भिविन्न धार्मिक स्थल र प्रकृर्ति स्थलहरुको भ्रमण गराइएको हो ।

भ्रमणको पहिलो दिन धादिङवेशीबाट विहान करिव ६ बजे प्रस्थान गरि पोखरा लेकसाईटको एक होटलमा खाना खाई तातोपानी पुगी बास बसेको थियो । त्यस्तै दोस्रो दिन विहानै तातो स्थित भवगवान रामको पाउकुण्ड मानिने कुण्डमा स्नान गरी मुक्तिनाथ दर्शनको लागि त्यहाँबाट हिडेको थियो । मुक्तिनाथ दर्शनको लागि यात्रा गर्दै गर्दा कागबेनीमा पुगी यात्रीहरुले आफ्ना पितृको सम्झनामा श्राद्ध र सिदा दान कार्यको लागी करिब २ घन्टापछि पुनः मुस्ताङ तर्फ लाग्यौँ ।

केही बेरमा मुस्ताङ पुुगेर मुतिmनाथको पुजाआजा र दर्शन गरेको थियो । सोही दिन मुक्तिनाथ संगै एउटा ज्वालामुखी जहाँ भगवान वुद्धको अवतार र पहाडको कुनामा रहेको पानीको मुल संगै टलल टल्कने सेतो जलमा सानो आगाको ज्वालामा सुन जस्तै पहेंलो देखीने आकृर्ती धिपधिप गरी बलेको हेर्नै र दर्शन गर्ने भक्तजनको भिड देखिन्थ्यो । सोही ज्वालामुखीको दर्शनपछी मुत्तिनाथ धामको पहाडै पहाडले वेरिएको जहाँ न कुनै मानव बस्तीनै छ न बोट विरुवा नै ….तर हिमालबाट पग्लने सेतो हिउँसंगै जताततै धुपीको रुख र विरुवा भने देख्न सकिन्थ्यो ।

सिर्रसिर्र चिसो हावासंगै तेही पहाडको ओरालो झरेका यात्रीहरुले प्रत्येक भक्तजनले ढुंगाको घर बनायर छोड्नु पर्ने धार्मिक मनन्यता रहेछ नारीका भ्रमण टोलिले पनि सोही बमोजिम ढुंगाको घर बनाई ओरालो झरिएको थियो ।

तातोपानी फर्केर बास बसेको थियो ।

 

भोली पल्ट विहान नुहाइ धुवाइ सकेर वेनी जिल्लामा पर्ने विश्व अलौकिक मानिने गलेश्वर महादेवधामको दर्शन गरी नाचगानका साथ बाग्लुङ कालिका पुगी बाग्लुङ कालिकाको दर्शन पछि पोखरा गएर बास बस्ने होटलमा भ्रमणमा सहभागी कलाकारहरु,सारंगीमा कृष्ण सेन्चुरी,मादल द्धयमा भरत सेन्चुरी साने रोक्का, भ्mयाली र झुर्मामा नारी जागरण केन्द्रकै सदस्यहरु र गायनमा सोही वाध्यवादनका टिम र नारी जागरण केन्द्रका टिमबिच बहुतै कडा र राम्रो दोहोरी गित र भ्रमणमा जानु हुने ८० वर्षे मोहन सिङ ठकुरी लगायत सवैको नाचले ंधुमधामै रमाईलो साथ तेस्रो दिन सकिएको थियो ।

भोलिपल्ट सराङकोटको रमाइलो दृश्यको भ्रमणपछि विन्दावासिनी मन्दिर,पोखरा फेवाताल घुमी तालबाराही मन्दिरको दर्शन गरि तिर्थयात्रीहरु पुन ः पोखरामा खाना खाई साँझको करिव ६ बजे मलेखू माछा बजार झरी माछाको स्वाद पछी धादिङ तर्फ लागियो र बेलुकी ८ ज्े धादिङवेशी आइपुगेको थियो । उक्त भ्रमणमा २२ वर्षदेखी ८०वर्ष उमेर समुहका महिला पुरुष गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस