आज:  | Fri, 26, Apr, 2024

राष्ट्रपतिको प्रमुख आतिथ्यमा आज टुँडिखेलमा घोडेजात्रा पर्व मनाइयो

७ चैत्र २०७९, मंगलवार १९:५३ मा प्रकाशित ( १ साल अघि) ३५५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ७ चैत ।

राष्ट्रपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलामा मंगलवार घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाले काठमाण्डौ सैनिक मञ्च टुँडिखेलमा आज धुमधामको साथ मनाईएको हो । हिन्दु धर्मालम्विहरुले प्रत्येक वर्ष आजकै तिथीमा मनाईने घोडेजात्रा पर्व काठमाडौं उपत्यकाको प्रमुख पर्वको रुपमा लिईने गरिन्छ ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेका थिए । नेपाली सेनाका सैनिकहरुले टुँडिखेलमा घोडा दौडाएर विभिन्न खेल प्रस्तुत गरेको समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत समेत गरिएको थियो ।

समारोहमा राइड पास, ब्यानर डिस्प्ले, चार्जर घोडा दौड,टांगन घोडा दौड,नेपाली सेना र गैर सैनिकको साइकल दौड, शो जम्प, क्याभली राइड, टेण्ट पेगिङ, क्रस टेन्ट पेगिङ लगायतका घोडा चढी कला प्रदशन गरिएको थियो ।

त्यस्तै उक्त घोडा डौड समारोहमा लान्स सुइरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन,लान्स हिट प्याक, रेन फ्री जम्त तथा महिला सिक्स वार, भल्टिङ एण्ड एक्रोब्याटिक्स तथा हर्ष पिटी, म्युजिकल राइड, क्रस कन्ट्री, पोनी ले डाउन ड्रिल, हंगेरियन पोस्ट र कम्बाइन्ड फायर जम्प पनि प्रदर्शन गरिएको नेपाली सेनाले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस