आज:  | Wed, 24, Apr, 2024

नेपालको जनगणना प्रतिवेदन सार्वजनिक, ३४ प्रतिशत नागरिक आर्थिक पक्षमा निष्क्रिय

११ चैत्र २०७९, शनिबार ०९:०८ मा प्रकाशित ( १ साल अघि) ३२० पाठक संख्या
नारी बाटिका


काठमाडौँ — चैत ११ शनिवार

नेपालको जनगणनाको प्रतिवेदन सार्वजनि भएको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार ३४ प्रतिशत जनसंख्या आर्थिक रूपमा निष्क्रिय रहेको देखिएको छ । आर्थिकोपार्जनका लागि देशको आधा जनसंख्या कृषि पेसामा निर्भर रहन्छन् ।

तर कृर्षकले समयमै मल, बीउ, प्रविधि, सिँचाइ, सहुलियत कर्जा, उत्पादित वस्तुको मूल्य निर्धारण लगायत सुविधाबाट किसान वञ्चित हुदा सबैभन्दा धेरै मधेशमा २२ लाख १९ हजार ५ सय ६७ जना ९४६।५ प्रतिशत, आर्थिक रूपमा निष्क्रिय देखिएका हुन् ।

अर्को कुरा आथिर्क रुपमा निष्क्रिय संख्या यति धेरै बढ्नुमा आर्थिकोपार्जनका लागि कुनै पनि काम नगरी र काम नखोजी,परिश्रम नै नगरी बस्ने नेपालीको संख्या ८२ लाख ११ हजार १२ पुगेको हो । आर्थिक रूपमा सक्रिय २ करोड ३९ लाख ५८ हजार ८ सय ६८ व्यक्ति मध्ये यो ३४।३ प्रतिशत हो ।

राष्ट्रिय जनगणना ०७८ को शुक्रबार सार्वजनिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने १० वर्ष वा सो भन्दा माथिका आर्थिक रूपमा सक्रिय मानिस मध्ये ३९।५ प्रतिशत महिला र २८।६ प्रतिशत पुरुष आर्थिक रूपमा निष्क्रिय रहेका छन् ।

त्यस पछि वाग्मतीका २० लाख १३ हजार ९ सय ९५ जना कुनै पनि आर्थिक काममा आबद्ध नभएको पाइएको छ । ‘सबैभन्दा धेरै ४६।९ प्रतिशत विद्यार्थी भएका कारण तिनले काम नगरेको देखिएको हो । जनगणना विवरण पुस्तिकामा उल्लेख गरिएको छ, ‘घर धन्दा, पारिवारिक हेरचाह, वृद्धावस्था, अशक्त र बिरामी लगायत अन्य कारणले पनि आर्थिक काम नगरेको देखिएको हो ।’

जनगणना नतिजा अनुसार नेपालमा ४२ लाख ६३ हजार विद्यार्थी छन् । कुनै आर्थिक काम नगरी घर धन्दामा सीमित हुनेको संख्या १९ लाख ६७ हजार ४ सय ८६ अर्थात् २१।९ प्रतिशत देखिएको छ । जसमा महिला ३२।४ र पुरुष ६।६ प्रतिशत रहेका छन् ।
वृद्धावस्थाका कारण आर्थिक काम नगर्नेहरू ११ र पारिवारिक हेरचाहमा लाग्नेको संख्या ७।५ प्रतिशत छ । अशक्त र बिरामी २।५ र पेन्सन र सुविधा बुझ्ने २।२ प्रतिशत रहेका छन् ।

जनगणना भएको समयमा जुनसुकै काम जतिसुकै अवधिका लागि गरेका वा कुनै पनि आर्थिक कामको खोजी गरेका १० वर्ष वा त्यसभन्दा माथिका व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या अन्तर्गत राखिएको छ । उक्त अवधीमा कुनै पनि आर्थिक काम नगरेका र आर्थिक काम नखोजेका व्यक्तिलाई निष्क्रिय जनसंख्या अन्तर्गत राखिएको छ ।

आर्थिक उपार्जनमा सक्रिय १ करोड २ लाख ७० हजार ४ सय ४७ मध्ये ९३।५ प्रतिशत र अक्सर बेरोजगार ६।९५ प्रतिशत रहेको पाइएको छ । आर्थिक काममा आबद्धको संख्या भने १ करोड ४९ लाख ८३ हजार ३ सय १० रहेको छ ।

सबैभन्दा धेरै वा देशको आधा जनसंख्याले रोजेको पेसा कृषि हो । जनगणना अनुसार कृषि, वन र माछापालन कार्यका दक्ष कामदार देशमा ५०।१ प्रतिशत छन् । सामान्य वा प्राथमिक पेसाका कामदार २३, सेवा तथा वस्तु बिक्री गर्ने कामदार ५।६ र व्यवस्थापक ५।१ प्रतिशत रहेको पाइएको छ ।

आर्थिक कामको औद्योगिक क्षेत्रअनुसार वर्गीकरण गर्दा समेत सबैभन्दा धेरै कृषि, वन र माछापालनमा ८५ लाख ८६ हजार मानिस आबद्ध भएको देखिएको हो  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस