
नारी बाटिका
काठमाडौं ,२९ चैत वुधवार ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत )समाजबादी)का अध्यक्ष माधव कुमार नेपालले, नेकपा अध्यक्ष केपी शर्मा वली संग एकता नहुने ठकुवा गर्नु भएको छ । फेरी पनि नेकपा एमाले संसद् विघटनको दाउमा रहेको आरोप समेत लगाउदै एकता हुन नुक्ने कुरा व्यक्ति गर्नु भएको हो।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा कुराकानी गर्दै नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा मौका हेरी रहेको छ ः उहाँको आरोप रहेको थियो।
त्यस्तै नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताउनु भएको छ । वलीले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बतउनु भएको हो । एमाले सँगको एकताको सम्भावनाका बारेमा सोधिएको प्रश्नको जवाफमा नेपाल भन्नु हुन्छ ः मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहेका छौं ।
तरपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको प्रष्ट भएको हो ।
उहाले थप्दै भन्नु भयो, “एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।”
केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताउनु भएको छ। उहाँले पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया भएको वताउनु भएको हो ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद् विघटन गरेर मध्यावधि चुनावमा जाने निर्णय गरेका थिए। यद्यपि, दुवै पटक उनी सफल हुन भने सकेनन् । यस विषयमा सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएको थियो।







प्रतिक्रिया दिनुहोस