आज:  | Sat, 20, Apr, 2024

नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम

३० चैत्र २०७९, बिहीबार १९:५१ मा प्रकाशित ( १ साल अघि) ४०१ पाठक संख्या
नारी बाटिका


 

 

धादिङ,३० चैत्र ।

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा सहारा महिला बचत तथा ऋृण सहकारी संस्था लि को आयोजनामा विहिवार शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
लामो समयदेखी बचत ऋण परिचालनको साथमा सामाजिक काम गर्दै आईरहेको सहारा महिला सहकारीको आयोजना र संस्थाकी अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामाा विहिवार संस्थाको कार्यलयमा सम्पन्न भएको हो ।

त्यसैगरी उक्र शुभकामना आदान ्रदान कार्यक्रममा जिल्ला बचत संघका ब्यवस्थापक गोकर्ण दुवाडी, शिवज्योती महिला बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष चमेली काप्री, रामकोट बचत तथा ऋृण सरकारीका राजकुमार श्रेष्ठ, नारी बिकास बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष भगवती उप्रेती, निलकण्ठ महिला बचत तथा ऋृण सहकारीका अध्यक्ष पार्वती अधिकारी लगायत विभिन्न सहकारीका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पछिल्लो समयमा नेपाली बजारमा सहकारीले भोग्नु परेका समस्या,सहकारीमा हुने तरलता,ऋण लगानीमा समस्या र अशुलीमा चुनौती, केही सहकारीहरुमा हुने गरेका नियम विपरितका काम , ऋण लाने सदस्यहरुले समयमा ऋण अशुलीमा देखिएका समस्याहरुका बारेमा छलफल भएको थियो । देश बिकासको तीन खम्बे नीति अनुसार सहकारी महत्त्वपूर्ण एउटा खम्बा भएकोमा पछिल्लो समय गलत काम गर्ने केही बित्तिय संस्थाको कारण सहकारी प्रति पनि नकारात्मक धारणाहरु देखिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

कोभिडका कारण बजारमा बित्तीय संकट देखापरेको , बेरोजगारीको दर बढेको , ऋृण तिर्नु पर्दैन भन्ने अनावश्यक हल्लाले राम्रा काम गरिरहेका सहकारी संस्थाहरु समेत चुनौती देखा परेको छ भने नियम अनुसार संन्चालनमा रहेका सहकारीहरुमा समेत कार्यमा वाधा परेको कारणले सहकारी प्रतिको सकारात्मक धारणा बढाउन आवश्यक रहेको कुरा औल्याइएको छ ।

सहारा महिला साकोसको अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले महिलाहरुको बिकास सशत्तीmकरणका लागि महत्त्वपूर्ण भुमिका खेल्दै आएकोले सदस्यहरुलाई आम्दानी संग जोडेर सुशासन मैत्री, जवाफदेही र पारदर्शी हुनुपर्नेमा सबैले जोड दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस