आज:  | Tue, 23, Apr, 2024

ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर

९ बैशाख २०८०, शनिबार १५:४७ मा प्रकाशित ( १ साल अघि) ३१९ पाठक संख्या
नारी बाटिका


धादिङ,०९ बैशाख ।

अन्तर्राष्ट्रिय धादिङको आयोजना र ज्वालामुखी गाउँपालिकाको संयोजनमा ढोला स्वास्थ्य चौकीमा संन्चालित निशुल्क २ दिने विशेषज्ञ स्वास्थ्य शिविरको पहिलो दिनमा २७० जनाले सेवा लिएका छन् । पछिल्लो समयमा लगभग ८० प्रतिशत महिलाहरु पाठेघरको समस्यामा रहेका छन् भने अन्य स्वास्थ्य समस्याबाट त्यस क्षेत्रमा नागरिकलाई स्वास्थ्य परिक्षण र समस्या पहिचान गरी आफुलाई लागेको रोगको समयमै उपचार गराउन सहज होस भन्ने उद्दस्य राखी अन्त्राष्ट्रिय धादिङ समाजको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको संयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन गएिको हो ।

उक्त निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डासरिता सिटौला, दन्त रोग विशेषज्ञ डा।दिलिप प्रजापति, जनरल सर्जन डा। गरखनाथ मिश्र, जनरल फिजिसियन डा।अमरिश थापा ,प्रो।डा. सिताराम श्रेष्ठ विशेषज्ञ टोलिहरुले सेवा प्रदान गरेको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालले जानकारी दिनु भएको छ ।

शिविर उद्घाटन कार्यक्रममा बोल्नु हुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले यस पालिका वासी नागरिकका स्वास्थ्य क्षेत्रमा पालिका धेरै संवेदनशिल रहेको र नागरिकका स्वास्थ्य समस्यामा सहयोग पुर्याउनका निमित्त आफुले यस विशिर संन्चालन गर्नका लागी अन्तर्राष्ट्रिय धादिङ समाजलाई अनुरोध गरेको वताउनु भयो । यसैगरी आफु पालिकामा अध्यक्षको रुपमा विजयी भएर आईसकेपछी यो दोस्रो पटक निःसुल्क स्वास्थ्य शिविर संन्चालन गरेको वताउनु भएको छ । उहाँले नागरीकाहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्धेश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

अध्यक्ष दनैले आफु निर्वाचित भएको एक वर्ष नपुग्दै ढोला स्वास्थ्य चौकीमा २ पटक निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ।

अन्त्राष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलिएको अध्यक्षतामा संचालन भएको शिविरमा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्य रहेको थियो । शिविरमा वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, वडा सदस्यहरु , गाउँकार्यपालिका सदस्य लगाएको उपस्थिति रहेको थियो ।

शिविर आज दोस्रो दिन बिहान ९ बजेदेखी अपराह्न ५ बजे सम्म सन्चालन हुने हुँदा स्वास्थ्य समस्या भएका ज्वालामुखी गाउँपालिकाका नागरिकहरुलाई सेवा लिनको लागि अन्तराष्ट्रिय धादिङ समाजले आग्रह गरेको छ। गाउँमै विभिन्न विशेषज्ञ डाक्टरले सेवा दिने शिविर भएकोले सेवा लिनको लागि गाउँपालिकाले स्वास्थ्य परिक्षण गराउन आग्रह गरेको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस