आज:  | Sat, 27, Apr, 2024

भोली हुने उप निर्वाचनको सम्पूर्ण तयारी पूरा ः आयोग

९ बैशाख २०८०, शनिबार २०:१२ मा प्रकाशित ( १ साल अघि) २५४ पाठक संख्या
नारी बाटिका


काठमाडौं वैशाख ९ शनिवार ।

भोली आइतबार तीन क्षेत्रमा हुने उपनिर्वाचनको लागी सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भोली आइतबार तीन क्षेत्रमा हुने उपनिर्वाचनको लागी सम्पूर्ण तयारी पूरा भएको र आफूले छानेका उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरेको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्ने जनाएको छ।

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोके बमोजिम हुने गरी गर्न निर्देशन दिएको छ।

मतदानका समयमा मौसमी प्रतिकूलता बाट हुन सक्ने प्रभावको पूर्व तयारीका लागि त्रिपाल लगायतका सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन पनि दिई सकिएको जनाएको छ।

निर्वाचन आयोग, निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित रहेको सहायक प्रवक्ता उप न्यायाधिवक्ता गुरु प्रसाद वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास आयोगले व्यक्त गरेको छ।

भोली वैशाख १० गते आइतबार तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस