आज:  | Wed, 24, Apr, 2024

एमाले सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैन प्रतिपक्ष बनेर खवरदारी गर्नेछ ः उपमहा सचिव रिमाल

१२ बैशाख २०८०, मंगलवार २०:३२ मा प्रकाशित ( १२ महिना अघि) २६४ पाठक संख्या
नारी बाटिका


धादिङ वैशाख १२ मंगलवार ।

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलागी जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनु भएको छ । पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका अबशरमा आज धादिङवेशी आउनु भएका उपमहासचिव रिमालले यस्तो वताउनु भएको हो ।

नेकपा एमाले पार्टी कार्यलय धादिङमा आज प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले अब जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनु भएको हो ।

उपमहासचिव रिमालले देश गम्भीर आर्थिक संकटउन्मुुख रहेकाले अर्थतन्त्र संकटमा पर्न नदिनका लागि एमालेले जिम्मेवार भूमिका खेल्ने बताउनु भयो । नेकपा माओवादी नेतृत्वको अहिलेको सरकार आफ्ना दलगत स्वार्थ व्यवस्थापनमा केन्द्रित भएकाले प्रमुख प्रतिपक्षको रुपमा एमालेले खबरदारी जारी राख्ने उहाँको भनाइ रहेको छ ।

देश र जनताको हितमा काम गर्न एमाले आवश्यक भएको भन्दै उहाँले संसदीय चुुनावमै एमालेले अर्थतन्त्र सुधारका लागि अवधारणा बनाएर सार्वजनिक गरेको स्मरण गर्नु भयो । उपमहासचिव रिमालले एमाले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने वताउनु भएको छ ।

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमको समापनका लागि धादिङ आउनु भएका उपमहासचिव रिमालले प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाटमा एमाले जिम्मेवार प्रतिपक्ष बनेर खवरदारी गर्ने बताउनु भएको हो ।

एमालेको नेतृत्वमा एक वर्षमा देशका सबै परिसूचकहरु सुधार्ने गरी स्थायित्वको प्रयास गरेको भए पनि नेकपा माओवादी केन्द्र०को अस्थिर निर्णयका कारण सम्भव नभएको उहाँको भनाइ छ ।

एमालेले देशको नेतृत्व गरेर एक वर्षमा आर्थिक सँगै सबै सूचक हरुमा सकारात्मक दिशा दिने अवधारणा सहित चुनावमा गएको र चुनाव लगत्तै त्यसको प्रयासमा तुलनात्मक रुपमा सानो दललाई प्रधानमन्त्री बनाएको रिमालले स्पष्ट पार्नु भयो ।

तर, प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले अस्थिर चरित्र फेरि देखाएर देशलाई गलत दिशा दिनेतर्फ अग्रसर भएको बताउनु भयो । फरक प्रसंगमा रिमालले अहिलेको उपनिर्वाचनमा आएको चुनावी नतिजाले देशलाई नीतिगत तथा राजनीतिक प्रभाव पार्ने अवस्था नरहेको बताउँदै चितवन, तनहुँ र बारामा भएको उपनिर्वाचनमा एमालेले केही नपाए पनि केही गुमाउन नपरेको उहाँको भनाइ छ ।

“यो चुनावी नतिजाले एमालेलाई फरक पर्दैन । हामी प्लस, माइनस शून्यमा छौँ,” उहाँले बताउनु भयो, “यो नतिजाले देशको राजनीतिलाई खास असर गर्दैन । हामीले यो चुनावमा केही पाएनौँ, केही गुमाएनौँ पनि ;उहाँको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस