आज:  | Thu, 28, Mar, 2024

सरकारले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने तयारी

१३ बैशाख २०८०, बुधबार ०८:१८ मा प्रकाशित ( ११ महिना अघि) ३०२ पाठक संख्या
नारी बाटिका


काठमाडौं—,वैशाख  १३ ।

नारी वाटिका संवाददाता

मंगलवार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने तयारी गरेको छ ।

वैशाख १२ मंगलवार मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउनु भएको छ ।

त्येसैगरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयको गुणस्तर नापतौल सम्बन्धी विधेयक समितिमा पठाउने पनि निर्णय गरेको जानकारी गराउनु भएको छ । उहाँ भन्नु हुन्छ , तराईरमधेश फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भइरहेको छ । यसका लागि केही दिनअघि उच्चस्तरीय समिति निर्माण भएको र त्यो समितिले काम अघि बढाएको वताउनु भयो ।

यस्तै छिटै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ। सशस्त्र प्रहरी बलको नियमावली संशोधनको तयारी पनि भइरहेको छ ःउहाँले वताउनु भयो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्ताव समितिमा पठाउने निर्णय भएको छ। यस्तै निकै लामो समयदेखी रोकिएको जग्गा कित्ता काटको विषयलाई पनि अर्थ तथा प्रशासन समितिमा पठाउने समेत निर्णय भएको जानकारी दिनु भयो ।’

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस