आज:  | Thu, 18, Apr, 2024

आज कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

१३ बैशाख २०८०, बुधबार १९:२० मा प्रकाशित ( ११ महिना अघि) २९८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ १३ वैशाख वुधवार

आज कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो केही दिन अघिदेखी कोरोना भाईरस समुदाय स्तरमा फैलदै गएपछी आज भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उपचार गराइरहेका थप एक जनाको मृत्यु भएको पुष्टी भएको हो ।

यो सँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या १२ हजार २८ पुगेको छ । यस्तै २४ घण्टामा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । १ हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज यही अवधिमा थप ६५ जना कोरोना भाइरस सक्रमणको उपचार पछी निको पनि भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको मन्त्रालयले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस