आज:  | Thu, 18, Apr, 2024

स्वास्थ्यमा सुधार राष्ट्रपति पौडेलको आज डिस्चार्ज हुन सक्ने संभावना

१७ बैशाख २०८०, आईतवार ०६:३० मा प्रकाशित ( ११ महिना अघि) ३४१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ —वैशाख १७ आइतवार

छातीमा समस्या देखएपछी केही दिन अघिदेखी भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएपछी आइतबार डिस्चार्ज हुन सक्ने संभावना रहेको श्रोतले जनाएको छ । उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएपछी आज डिस्चार्ज हुन सक्ने नयाँदिल्ली स्थित नेपाली राजदूतावासले जनाएको हो ।

शनिबार नेपाली राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ुसम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको उपचार भारतको नयाँदिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा आज पनि जारी रह्यो । सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले आइतवार सम्ममा अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन् ।ु

राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत लगिएको थियो । गत बुधबार बिहान नयाँ दिल्ली स्थित विमानस्थलमा अवतरण गरे लगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए ।

उहाँलाई उच्च सुरक्षा सहित एम्स अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस