आज:  | Wed, 08, May, 2024

बैंक,वित्तीय संस्था तथा सहकारी संस्थाबाट ऋण लिने र तिर्ने समयमा ऋण नतिरी धम्क्याउने हरुलाई तत्काल कारवाही हुने

१७ बैशाख २०८०, आईतवार १९:५३ मा प्रकाशित ( १ साल अघि) ३०९ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — वैशाख १७

बैंक,वित्तीय संस्था तथा सहकारी संस्थाबाट ऋण लिने र तिर्ने समयमा ऋण नतिरी उल्टै कर्मचारीलाई कुटपिट गर्ने र पदाधिकारी हरुलाई धम्क्याउने हरुलाई तत्काल कारवाही हुने भएको छ ।

पछिल्लो समयमा धेरै मानिसहरु बैंक, वित्तीय तथा सहकारी संस्था बाट ऋण लिने र तिर्ने समय आएपछी कर्मचारी तथा संन्चालक हरुमाथी अवान्छिक गतिविधी हुन थालेपछी बैंक,तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सीबीफीन)ले बैंक तथा वित्तीय संस्थामा यस्ता गैरकानुनी क्रियाकलाप गर्नेहरु विरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ ।

नेपाली समाजमा पछिल्लो समयमा केही खराव मानिसहरुले बैंक,वित्तिय तथा सहकारी संस्थाबाट ऋण लिई तिर्ने समय आएपछी नतिर्ने, र अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्ने लगायतका घटना बढेको भन्दै परिसङ्घले यस्ता क्रियाकलापमा संलग्नलाई तत्कालै मुद्दा चलाउने र हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायमा जाहेरी दिने भएको हो।

केही भ्रष्ट मनोवृती भएका संगठित रुपमा नै केही व्यक्ति, संस्था र समूहले बैंक तथा वित्तीय संस्थाको गरिमा र प्रतिष्ठामा नै आँच पुर्याएको गतिविधि गरिरहेको परिसङ्घले जनाएकोे छ । साथै यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरुको अवान्छिक गतिविधीलाई रोक्नको लागि सहजीकरण गरिदिन पनि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालले सम्बन्धित सबै निकाय सँग आग्रह गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस