आज:  | Sat, 20, Apr, 2024

रास्वपाको ४ सर्त ः शीर्ष नेताहरु सँग संवाद गरेर सहमती खोज्न सकिने प्रधानमन्त्री दाहालको भनाइ

१८ बैशाख २०८०, सोमबार ०८:१८ मा प्रकाशित ( ११ महिना अघि) २८२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ —वैशाख १८

रास्वपाले राखेका ४ सर्तमा प्रधानमन्त्री दाहाल लचिलो बनेता पनि उहाँको भनाइ प्रति रास्वपाका सभापती रवि लामिछानेले कुनै निर्णय दिनु भएको छैन । सत्ता साझेदार सवै दलसँग संवाद गरेर सहमति खोज्न सकिने प्रधानमन्त्री दाहालको भनाइ, प्रति रवि लामिछानेले केही निष्कर्श नदिनु भएको रास्वपा स्रोतले जनाएको छ ।

नागरित्ता विवादमा परेर सांषद पद खारेज भएपछी वैशाख १०मा सम्पन्न उपनिर्वाचन बाट रवि लामिछाने पुनः सांषदमा विजयी भएर आए लगत्तै रास्वपालाई सरकारमा फर्काउने गृहकार्यमा लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल रास्वपाको सर्त प्रति लचिलो देखिनु भएको हो ।

प्रधानमन्त्री दाहाल र रास्वपाका लामिछाने बिच आइतबार बालुवाटारमा भएको भेटवार्तामा सभापति रवि लामिछानेले राखेका ४ सर्तप्रति सकारात्मक रहेको जनाउँनु भएको छ ।

४ सर्त मध्य रास्वपाले पहिलेकै मन्त्रालय पाउनु पर्ने,, सरकारको साझा न्यूनतम कार्यक्रम पुन र्लेखन हुनुपर्ने, मन्त्रालय सञ्चालनमा प्रधानमन्त्री कार्यालयबाट ‘हस्तक्षेप’ हुन नहुने र सरकार निरन्तर टिक्नु पर्ने जस्ता सर्त राखेको छ ।

‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गर्नु भयो, उहाँहरूले केही सर्त राख्नु भयो । त्यसमा प्रधानमन्त्री लचिलो हुनु हुन्छ । साझेदार दलहरू सँग संवाद गरेर यी विषय टुंगिने जनाएका छन् ।

रास्वपा सभापती लामिछानेले राख्नु भएको सर्तका विषयमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार शीर्ष नेताहरु सँग संवाद गरेर सहमति खोज्न सकिने बताउनु भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस