आज:  | Thu, 18, Apr, 2024

नीलकण्ठ नगरपालिकाले जथाभावी फोहोर फाल्नेहरुको निगरानीको लागी सिसि क्यामेरा राखिने

२१ बैशाख २०८०, बिहीबार ०८:१६ मा प्रकाशित ( ११ महिना अघि) २८० पाठक संख्या
नारी बाटिका


धादिङ, २१ बैशाख

धादिङको नीलकण्ठ नगरपालिकाले सरसफाइमा विषेश ध्यान दिन र बजार क्षेत्र लगायत पालिका भित्र फोहोर मैला व्यवस्थापनको लागी विषेश स्थानहरुमा सिसि क्यामरा जडान गर्ने भएको छ ।

स्थानिय स्तरमा नागरिक हरुले जथाभावी फोहोर मैला फाली वातावरण नै दुषित हुन थालेपछी सरसईमा विषेश ध्यान दिन हरेक टोलवसीलाई सचेतना समेत गराउने मुख्य उदेस्यले फोहोर फालिने सम्भावित स्थानहरुमा सिसि क्यामेरा राख्ने निर्णय गरेको हो ।

त्यस्तै खोलाको क्षेत्रमा लगायत अन्य स्थानमा जथाभावी फोहोर फाल्दा खोलामा प्रदुषण बढेको र खोला तथा बजार क्षेत्रमा फोहोर बढेको भन्दै जथाभावी फोहोर फाल्नेको पहिचान गर्नको लागि नगरपालिकाले सिसि क्यामेरा राख्न लागेको हो ।

विगत केही वर्षदेखी नगरपालिकाले नियमित रुपमा फोहोर उठाउदै आएपनि अझै पनि नगरबासीहरुले फोहोरलाई सहि स्थानमा नराखी जथाभावी फाल्ने गरेकोले सिसि क्यामेरा राख्ने निर्णय भएको हो । त्यसैगर िजथाभावी फोहोर फाल्नेलाई नगरपालिकाले सजाय गर्ने समेत भएको छ ।

यस कार्यको लागी निर्णयगत रुपमा लैजान बैशाख ३१ गते हुने कार्यपालिकाको बैठकले गर्ने नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी लोकनाथ उपाध्यले जानकारी दिनु भयो ।

बैठकले धादिङबेसी बजार क्षेत्रलाई सफा र हराभरा बनाउने उदेश्यले साप्ताहिक रुपमा सरसफाई अभियान गर्ने समेत निर्णय भएको छ । सरसफाई अभियानलाई प्रभावकारी बनाउनको लागी स्थानीय नागरिकहरुको सहभागिता अनिवार्य गराउने समेत निर्णय भएको छ ।

नीलकण्ठ नगरपालिकाको नेतृत्वमा नगरपालिका क्षेत्रभित्र पर्ने नदी किनार तथा मठ मन्दिर लगायतका सार्वजनिक स्थलहरुको सरसफाई गर्न सरोकारवाला निकायसँग समन्वय गरी साप्ताहिक रुपमा कार्यक्रम सन्चालन गर्न लागिएको नगरपालिकाले जनाएको ।

नारी वाटिका संवाददाता
भगवती उप्रेती

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस