आज:  | Tue, 23, Apr, 2024

नेपालको संविधानको धारा ९३ को उपधारा (१०)बमोजिम सङ्घीय संसद्को वर्षे अधिवेशन आजदेखि

२४ बैशाख २०८०, आईतवार ०८:१५ मा प्रकाशित ( ११ महिना अघि) २६६ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं, २४ बैशाख

नेपालको संविधानको धारा ९३ को उपधारा (१०) बमोजिम सङ्घीय संसद्को वर्षे अधिवेशन आजदेखि हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिवेशन आह्वान गरे अनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थिति हुन सबै सांसद सदस्य हरुलाई सङ्घीय संसद् सचिवालयले यस अघि नै सूचना मार्फत जानकारी गरिसकेको जनाएको छ ।

मुख्यतया यस अधिवेशनमा मुल रुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट बारे प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भ सँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (करका दायरा र प्रस्ताव बाहेक, सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नु हुने भएको छ ।

सदनको आजको बैठकमा सभा मुख देवराज घिमिरेले सांसद सदस्यलाई स्वागत गर्दै राष्ट्रपतिबाट संसद्को अधिवेशन आह्वान गरे सम्बन्धी पत्र र पछिल्लो पटक नयाँ मन्त्री नियुक्ती भए संगै उक्त विषय सम्बन्धी पत्र पढेर सुनाउनु हुने समेत कार्यसूचीमा उल्लेख गरिएको छ ।

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले मुलुकी संहिता सम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्नुहुने विषय पनि सम्भावित कार्य सूचीमा समावेश गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस