आज:  | Fri, 26, Apr, 2024

प्रधानमन्त्री दाहाल प्रचण्डलाई चुनौती, दिदै लडाकु शिविरको फाइल खोलेर चोखो प्रमाणित गर्नुस् ः राजेन्द्र लिङ्देन

२४ बैशाख २०८०, आईतवार १९:३४ मा प्रकाशित ( ११ महिना अघि) १९० पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ वैशाख, ।

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटालाको पनि अनुसन्धान गरी आफूलाई चोखो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनौती दिएका छन् ।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक पार्टीको भातृ महिला संगठनको एकताको प्रथम महाधिवेशनको उद्घाटन गर्नु हुदै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी प्रकरणमा सरकारले अघि बढाएको अनुसन्धानको प्रशंसा गर्नु भएको हो

साथै उहाँले पछिललो समय एकपछी अर्को गर्दै भ्रष्टाचारका घटनाहरुमा ठुला ओहोदामा भएका व्यक्तिहरुको नाम आइरहेकोले ठगी गर्ने साना ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताउनु भएको छ ।

साथै ‘क्यान्टनमेन्टको घोटाला काण्ड प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डकै शिरमाथि लागेको छ, त्यो के हो रु फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरि दिनु पर्‍यो । तर आफु भ्रष्टाचारको डंगुर माथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइदैन र टिकाउ हुदैन पनि …उहाँले भन्नु भएको छ ।

त्येसैगरी भ्रष्टाचारका घटना माथिको अनुसन्धान देखाउनका लागि मात्र हुन नहुने लिङ्देनले बताउनु भएको छ । ‘यो देखाउनका लागि मात्रै हुनु हुँदैन । यदि पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनु भएको, हो र यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ’ उहाँले भन्नु भयो ।

त्यस्तै अध्यक्ष लिङ्देनले अब देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार्नका लागी कुनै कदम नचालेको आरोप समेत लगाउनु भएको छ । उहाँले सरकार कुहिरोमा हराएको काग जस्तो अशस्थामा भएको आरोप समेत लगाउनु भयो ।

‘देश आर्थिक रुपमा टाट पल्टि सकेको अबस्था छ । अहिले ऋण काढेर कर्मचारीलाई तलव भत्ता खुवाउनु परेको अवस्था छ । ८० अर्ब भन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी दिनु पर्ने पुगिसकेको छ । यो अर्थतन्त्रलाई सुधार गर्ने दिशा तर्फ सरकारका कुनै ठोस् कदमहरु छैन । सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा छ’ उहाँले भन्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस