आज:  | Thu, 25, Apr, 2024

फरार रहेका टोपबहादुर रायमाझी ११ दिन पछी पक्राउ

१ जेष्ठ २०८०, सोमबार ०८:०८ मा प्रकाशित ( ११ महिना अघि) ५४७ पाठक संख्या
नारी बाटिका


काठमाण्डु – १ जेष्ठ  शोमवार ।

नेपाली लाई नक्कली कागजात तयार गरेर भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणका फरार रहेका गिरोहका अर्का देशका हाइप्रोफाइल वाला  पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता, तथा सचिव टोपबहादुर रायमाझी पनि ११ दिनपछी पक्राउ परेका छन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । हिजो उनलाई काठमाण्डुको बुढानिलकण्ठबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनी बैशाख २० मा गृह जिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

पक्राउ पूर्जी जारी भएको चाल पाउन साथै त्यस दिन काठमाडौं गएर प्रहरीलाई सघाउने उनले बताएका थिए । तर, प्रहरीलाई छक्काएर त्यो दिन उनी काठमाडौं आएनन् । भोलिपल्ट पक्राउ गर्न प्रहरी टोली गएकोमा आफैं प्रहरीमा उपस्थित हुने भन्दै आफुलाई पक्राउ नगर्न प्रहरीलाई अनुरोध समेत गरेकाले प्रहरी टोली त्यसै फर्किएको थियो ।

त्यसपछी प्रहरीलाई झुक्याएर उनी फरार भएका हन् । साथै प्रकणरका आरोपित उनका छोरा सन्दीपलाई भने बैशाख गते नै प्रहरीले पक्राउ गरिसकेको छ । अझैँ यस प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा (वादल)का छोरा प्रतीक थापा, कांग्रेसका पूर्व सांसद तथा नेता आङटावा शेर्पा र सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज पक्राउ पर्न बाँकी रहेका छन् ।

उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भए पनि फरार भएका कारण प्रहरी खोजी रहेको छ । यस प्रकरणमा पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बालकृष्ण खाँण, पूर्व गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी सहित १२ जना पक्राउमा परिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस