आज:  | Fri, 19, Apr, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणले देश तताइरहेको वेला मौरीले दिने मह पनि नक्कली । प्रहरीबाट नष्ट गरियो ।

८ जेष्ठ २०८०, सोमबार ०७:५६ मा प्रकाशित ( ११ महिना अघि) ५४३ पाठक संख्या
नारी बाटिका


काठमाडौं जेठ ०८ शोमवार ।

यतिवेला नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणले देश तताइरहेको वेला मौरीले दिने मह पनि नक्कली भेटिएको छ । वेला लखतमा नक्कली सामानहरु थुप्रे भेटिने त नौलो कुरा भएन । त्येस्तै (पूर्व) रुकुमको भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा भेटिएको दुई सय २२ किलो नक्कली महलाई प्रहरीले नष्ट गरेको छ ।

शनिबार भूमे–२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको समएमा आठ वटा पहेलो जरकिनमा थियो भने १६ सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह भएको पहिचान गरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । यस्तै वेला वेलामा यसैगरी नक्कली मह लगायत अन्य समानहरु पनि भेटिने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।

स्थानिय सरोकारवाला निकायको रोहवरमा उक्त नक्कली महलाई नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अन्जना श्रेष्ठले मिडिया खबरहरुलाई जानकारी दिनु भएको हो । उहाँका अनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकाले सो कार्य कसले किन र कहिले देखि गर्दै आएको छ , यसमा कोको संलग्न छन भन्ने विषयमा अनुसन्धान भइरहेको वताउनु भयो ।

यसैगरी प्रहरीले यस अघिपनि ८० किलो भिर मौरीको मह जिल्ला भित्रै बाट बेवारिसे अवस्थामा फेला परेको थियो । यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस