आज:  | Thu, 25, Apr, 2024

गैसस महाँसंघ धादिङद्वारा प्रमुख जिल्ला अधिकारी गैह्रेलाई स्वागत

११ जेष्ठ २०८०, बिहीबार १९:५२ मा प्रकाशित ( ११ महिना अघि) ६६९ पाठक संख्या
नारी बाटिका


धादिङ ११ जेठ विहिवार ।

गैर सरकारी संस्था (गैसस) महाँसंघ धादिङद्वारा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । धादिङ जिल्लामा केही दिन अगाडी मात्रै सरुवा भएर आउनु भएका जिल्ला प्रशासन कार्यलय धादिङ तथा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको थियो ।

जिल्लाका नागरिका सेवा र सुरक्षाको निमित्त खटिइ आउनु भएका प्रमुख जिल्ला अधिकारी बिच प्रमुख सरोकारवालासंग परिचय गराउने उदेस्यले जिल्ला प्रशासन कार्यलयद्धारा आयोजित कार्यक्रममा गैसस महाँसंघको तर्फबाट संघका अध्यक्ष शालिकराम दुवाडीले प्रमुख जिल्ला अधिकारी गैह्रे र सहयक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद अधिकारिलाई दोसल्ला ओडायर स्वागत गरिएको हो ।

त्येसैगरी विगतमा जिल्लाको सामुदायिक बिकासमा गैर सरकारी संघ संस्थाहरुले पुरयाएको योगदानको बारेमा महाँसंघका अध्यक्ष शालिकराम दुवाडीले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा महाँसंघका उपाध्यक्ष एव्ं नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,कोसक नेपालका प्रतिनिधी तथा महासंघका सदस्य राजेन्द्र श्रेष्ठ,आइसीडिसीका प्रतिनिधी बिनोद रिजाल, प्रयास नेपालका पुर्व अध्यक्ष उषा बिक,प्रतिनिधी इश्वरी कोइराला ,गैसस महासंघका सदस्य संगिता पाण्डे विसुराल,नेपाल रेडक्रस सोसाइटी धादिङका  प्रतिनिधी नारायण कुमार श्रेष्ठ, धादिङ सोसियल भोलेन्टेयरका भेषराज ठकुरी ,अपागंता कल्याण संघ प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

जिल्लामा नव आगन्तुक  गैह्रेलाई जिल्लाको सामाजिक बिकास तथा गैर सरकारी संघ संस्थाको गतिविधि र जिल्लामा प्राकृतिक विपत्तीमा सरकारी तथा गैर सरकारी क्षेत्रहरुबिच सहकार्य गरी विपत ब्यवस्थापनमा गर्नु पर्ने भुमिकाको बारेमा जानकारी गराएको थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारि गैह्रेले धादिङ जिल्लामा रहेका बिकृती, बिसङगति, बर्खाको समयमा पर्न सक्ने विपत्ती र त्यसको व्यावस्थापन,सामाजिक सुशासन, विभिन्न दुर्घटना रोकथामका लागी दत्तचित्त भएर लाग्ने वताउनु भएको छ ।

त्यस्तै अबैध खानी उत्खनन अबैधानिक जस्ता क्रियाकलाप हरुलाई नियन्त्रणमा लिइने प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै जिल्लाका सबै राजनितिक दल ,संघ संस्था,र निजी क्षेत्रहरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस