आज:  | Fri, 19, Apr, 2024

कृर्षकको वालीमा बाँदरले क्षति पुर्याउने क्रम बढ्दै गएपछी मकै घाँसको मालामा किसान आन्दोलित

१३ जेष्ठ २०८०, शनिबार ०८:०५ मा प्रकाशित ( १0 महिना अघि) ६६७ पाठक संख्या
नारी बाटिका


धादिङ १३ जेठ सुक्रवार ।

देशभर नै कृर्षकको वालीमा बाँदरले क्षति पुर्याउदै किसानलाई मर्का परिरहेको वेला धादिङमा पनि बाँदरले किसानीको वालीमा निकै क्षति पुर्याउने क्रम तिव्र बन्दै गएपछी मकै घाँसको माला गलामा लगाइ धादिङका किसानहरु आन्दोलनमा उत्रिएका छन् । सुक्रवार धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–९ का किसानहरु खेतवारीमा छरिएको मकै बाँदरले दिन प्रतिदिन उखेलेर फालिदिने,फल लागेको अबस्थामा सवै खाईदिने लगायतका समस्याले तिव्र बनाउन थालिएपछी गाउँभरीका किसानहरु भेला भई आन्दोलनमा उत्रिएका हुन् ।

नेपालका ग्रामिण भेगमा वसोवास गर्ने अधिकाँश मानिसहरु कृर्षी पेशामै निर्भर रहेका हुन्छन् । सवै परिवार कृषिमा निर्भर छन् । तर सम्पत्तिको नाममा भएको जग्गा जमिनमा लगाएको खेती पनि खानेबेला नहुदै बाँदरले सखाप पारेपछि ढुंगा खाउँ कि माटो खाउँ भएको बताउने गर्दछन् ।‘मकैमा चमरा पनि लाग्ने गर्दछ । तर एउटै बोट बाँकी नहुने गरी बाँदरले सखाप बनायो भन्छन् किसानहरु ।

आन्दोलनमा उत्रिएका किसानहरु दुखेसो गर्दछन् , दुःख ग¥यो, मल हाल्यो खेती ग¥यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्ने समयमा सवै वाली बाँदरले नष्ट गरिदिने पिरलो नेपालका अधिकाँश किसानीहरमा रहेको छ । तर बाँदरले मकै सखापै बनायो,’ नाराबाजी गर्दै गरेकी ५० वर्षिय मिश्रा श्रेष्ठले सुनाउनु भयो । बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ । मकै मात्र होइन, कुनै पनि कृषिजन्य उत्पादन बाँकी राखेको छैन । यो वर्ष पनि अनिकाल पर्ने भो, आउने ठाउँ छैन । कसरी छाक टार्ने र ज्यान बचाउने भन्ने चिन्ताले पिरोलेको छ ।’

बाँदर नियन्त्रणको माग गर्दै विगतका वर्षदेखि नै किसानहरुले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका हुन् । यो वर्ष पनि बाँदरले नाश गरेको मकैको बोटकै माला लगाएर किसानहरु सदरमुकाम धादिङबेशीमा रहेका सरकारी कार्यालयहरुको गेट गेटमै नारा लगाउदै हिडेका हुन् । सोहि ¥यालीमा भेटिएका ८३ वर्षिय तुलबहादुर लम्साल बाँदरले पु¥याएको क्षति र बाँदर नियन्त्रणको लागि माग राखेको बताउनुहुन्छ । करिव १५ रोपनी जग्गाको कृषिजन्य उत्पादनले चुलोमा आगो बलेको हो । उहाँ भन्नुहुन्छ,–

‘किसानहर दुखेसो गर्छन् । बाँदर लेखेट्न गयो उल्टै बाँदरले नै मान्छेलाई लेखेट्छ । गाउँमा सबैको मकै खेती तथा फलफुल खेती बाँदरले सखापै बनायो । विउ विजन, मल पनि बेलामा पाइदैन । जिनोतिनो भएको बाली पनि बाँदरले खाइदिन्छ । किसान जता पनि मर्कामा पर्नुपर्ने, हाम्रो न जाँगिर, न त पेन्सन छ । के खाएर बाँच्नु ।’

बाँदले उखाली फालिदिएका मकैको बोटका माला लगाएर राना लगाउँदै स्थानीय सरकारदेखि प्रदेश, संघ र कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायले पनि बेवास्ता गरेको बताएका छन् । विगत ३÷४ वर्षदेखि बाँदर आतंकको बारेमा सबैलाई जानकारी दिइएको हो । उहाँहरु भन्नुहुन्छ,– ‘अहिलेसम्म कुनै पहलकदमी भएन । अरुको पेट भर्न कृषिजन्य उत्पादन गर्ने किसान आफै भोकै बस्नु पर्ने दिन आयो । ५÷६ सयको हुल भएर एकै चोटी बाँदर आउँछ । न धपाउन सक्नु न खेतबारी बाँझै राख्नु । खेतबारी बाँझो राख्न नपाउने भन्ने सरकार किसानले गरेको खेती नाश भैरहदा किन बोल्दैन,’आन्दोलित किसानहरुको प्रश्न रहेको छ।

खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका हुन् । बाँदर आतंकले हैरान बनेका किसानहरुले नाश गरेको मकै, नासपाति, अम्बा लगायतका फलफुल प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । कृषि मन्त्रीको राजीनामा, बाँदरले पु¥याएको क्षतिको क्षतिपूर्तिको माग, किसानले लगाएको खेती उब्जनी नभए अरुले पनि के खाने जस्ता कुरामा ध्यानाकर्षण गर्दै किसानहरुले नाराबाजी गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका लगायत अन्य पालिकामा पनि बाँदरले किसानको कृषिजन्य उत्पादनमा निकै ठुलै क्षति पु¥याउदै आएको छ ।

आफ्ना वडाका किसानहरु मकै बोटको माला लगाइ आन्दोनमा उत्रिएपछी बाँदर नियन्त्रणमा पहल गर्ने नीलकण्ठ नगरपालिका– ९ का वडा अध्यक्ष राजन बराइलीले बताउनु भएको छ । पाल्पाभञ्याङ, भालुभञ्याङ, निगालपानी लगायतका क्षेत्रमा बाँदरको आतंक निकै छ । यो विगत लामो समय देखिको समस्या हो । गत वर्षहरुमा पनि नियन्त्रणका लागी प्रयास भएको हो । कार्यपालिकाको बैठकमा यो कुरा उठाउँने छौं । कसरी व्यवस्थापन गर्न सकिन्छ, छलफल गरेर निचोड निकाल्ने उहाँले बताउनु भएको छ ।

‘किसानले लगाएको खेती बाँदरले नाश गर्दा किसान मर्कामा छन् । तत्काल किसानलाई क्षतिपूर्ति दिन र बाँदर नियन्त्रण गर्न सक्ने क्षमता वडा कार्यलय सँग छैन । वडामा तेस्तो ठुलो बजेट पनि हुदैन । तर तपाँइहरुको समस्या बुझेका छौँ ।देखेका छौँ । त्येसैले यो समस्या समाधान कसरी गर्न सकिन्छ भनेर हामी भन्दा माथिल्लो निकायसँग समन्वय गरी माग राख्नेछौ,’ वडा अध्यक्ष बराइलीले भन्नु भयो ।

नारी वाटिका समचारका लागी
सवाददाता भगवती उप्रेती

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस