
काठमाडौं १३ जेठ शरिवार ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा थप पाँच जनामा संक्रमण पुष्टि भएको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
तर यस २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चार जनालाई उपचार पछि डिस्चार्ज गरिएको जानकारी गराएको छ । मन्त्रालयका अनुसार हाल सम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने कोरोना सक्रमणबाट मुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस