
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१५ कात्तिक ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सोमबार तीन घण्टा बन्द हुने भएको छ।
उक्त सडकखण्डमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम हुने भएकाले भोली दिनको तिन घण्टा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सूचना जारी गर्दै भोली(सोमबार) बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्र हुंदै गुड्ने सबै सवारी साधन संन्चालनमा रोक लगाउन लागिएको जनाएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ चितवनले जारी गरेको सूचनाका आधारमा जि.प्र.का.धादिङले पनि सोही अनुसार सचना प्रकाशन गरी सडक बन्द गर्ने जानकारी दिएको हो ।
साथै दिउँसो सडक बेस्त हुने समयमा सवारी साधन रोकिँदा यात्रुहरुलाई केही असहज हुने भएकाले पृथ्वी राजमार्ग हुँदै संन्चालन हुने विभिन्न सवारी साधन प्रभावित हुने भएकाले यात्रुलाई समय व्यवस्थापन गरेर यात्रा गर्न प्रशासनले अनुरोध गरेको हो। 












प्रतिक्रिया दिनुहोस