आज:  | Fri, 19, Apr, 2024

प्रधानमन्त्री पुष्मकमल दाहाल (प्रचण्ड)चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान

१७ जेष्ठ २०८०, बुधबार १९:५७ मा प्रकाशित ( १0 महिना अघि) ४४३ पाठक संख्या
नारी बाटिका


काठमाडौं १७ जेठ ,नारी वाटिका संवाददाता ।

नेकमा माओवादीका पार्टी अध्यक्ष एव्ं प्रधानमन्त्री पुष्मकमल दाहाल (प्रचण्ड) आज भारत प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री दाहाल ‘ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नु भएको हो ।

प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट भारतको नयाँ दिल्ली तर्फ प्रस्थान गर्नु भएको हो ।
प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे,ले विधाई गर्नु भएको थियो ।

त्यसैगरी उहाँको विधाइका लागी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधि लगायत विशिष्ट पदाधिकारीले बिदाइ गरिएको हो । सो अवसरमा प्रधानमन्त्रि दाहाललाई नेपाली सेनाद्धारा सम्मान गारत अर्पण गरेको थियो ।

चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस