आज:  | Fri, 26, Apr, 2024

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गर्नु भएको नागरिकता विधेयक राजपत्रमा पुर्ण पाठ सहित प्रकाशित:

१९ जेष्ठ २०८०, शुक्रबार ०९:२१ मा प्रकाशित ( १0 महिना अघि) ३१६ पाठक संख्या
नारी बाटिका


काठमाडौं ः १९ जेठ सुक्रवार ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार प्रमाणीकरण गर्नु भएको नेपाल नागरिका (पहिलो संशोधन) ऐन, २०७९ आजको राजपत्रमा प्रकाशित भएको छ। सो नागरिकता सम्वन्धि विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार प्रमाणीकरण गरिएकोमा प्रतिपक्ष नेकपा एमाले पक्षधरले सडकमा पुत्ला समेत जलाएका छन् । तत्कालिन राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रमाण्ीकरण नभएर रोकिएको उक्त नागरिकता विधेयक वर्तमान राष्ट्रपती रामचन्द्र पौडेलबाट प्रमाणीकरण गर्नको लागी मन्त्रिपरिषदको बैठकले पौडेल समक्ष पेश गरिएको थियो ।
उहाँबाट वुधवार प्रमाणीकरण भएपछी आज जेठ १९ गतेको राजपत्रमा प्रकाशित भएको हो। अब यो ऐन कार्यन्वयनमा आउनेछ।

नागरिकता सम्बन्धी नयाँ ऐनमा नेपाल भित्र फेला परेका तर बाबु वा आमा पत्ता नलागे सम्म नेपाली नागरिक मान्ने प्रावधान राखिएको छ। १६ वर्ष उमेर पूरा गरेपछि उनीहरूले वंशजको आधारमा नेपालको नागरिकता लिन पाउने व्यवस्था ऐनमा राखिएको छ। २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्ने ब्यवस्था लागु गर्न लागिएको हो ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था ऐनमा गरिएको छ।

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिका हकमा नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, बाबुको पहिचान नभएर वंशजको नागरिकता लिएको छ र बाबु विदेशी ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम नरहने व्यवस्था ऐनमा समेटिएको छ।

त्यसैगरी यस नयाँ ऐनमा गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ। गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाणपत्र पेश गर्नु पर्ने प्रावधान राखिएको छ।

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ।

पुर्ण पाठ पढ्नु होस्

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ (अरि ६)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस