आज:  | Mon, 06, May, 2024

गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन अस्पताललाई मन्त्रालयको निर्देशन

२६ जेष्ठ २०८०, शुक्रबार १७:३७ मा प्रकाशित ( ११ महिना अघि) ४७० पाठक संख्या
नारी बाटिका


काठमाण्डौं २६ जेठ सुक्रवार ।

गएको वर्षमा झैं यस वर्ष मौसम राम्रो देखिएको भएता पनि केही दिनदेखी गर्मी ह्वात्तै बढेसंगै जिवन यापनमा असहज देखिएकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई गर्मीयाम बढेसँगै उपचार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

आज मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले सङ्घ, प्रदेश र स्थानीय स्तरका अस्पतालमा परिपत्र जारी गर्दै बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गर्न चौबिसै घन्टा स्वास्थ्यकर्मी परिचालन गर्न अनुरोध गर्नु भएको हो ।

यतिवेला अत्याधिक गर्मी बढेसँगै तराई क्षेत्र लगायत मध्य पहाडी जिल्लामा सर्पदंशबाट हुन सक्ने क्षति, आगलागी, पखाला, उच्च ज्वरो जस्ता रोग एवम् विपद्ज न्य अवस्थामा तत्कालै बिरामीलाई उपचार सेवा पु¥याउनुपर्ने भएकाले अस्पताललाई आवश्यकताअनुसारको उपचार औषधि, स्वास्थ्य उपकरण, वातावरणअनुकूल सहितका उपचार कक्ष तयारी अवस्थामा राख्न समेत परिपत्रमा भनिएको छ ।

रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्व सतर्कता अपनाउन मन्त्रालयले अस्पताललाई स्थानीय रेडियो, एफएम पत्रपत्रिका,अनलाईन मार्फत सूचना सम्प्रेषण गर्न समेत निर्देशन गरिएको छ ।त्यस्तै पत्रमा भनिएको छ, “केही दिनअघि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानीको उचित ब्यवस्था गर्नुपर्ने जनाइएको छ ।

देशका सवै अस्पतालहरमा उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएकाले शल्यक्रिया पश्चात् तथा अन्य ठूला चोटपटक भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्न तथा स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई व्यवस्थित गर्न पनि अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस