आज:  | Mon, 06, May, 2024

नेपाल चिकित्सक संघद्धारा चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षाको व्यवस्था गर्न गृहमन्त्रि समक्ष ज्ञापन पत्र पेश

२ असार २०८०, शनिबार १६:३५ मा प्रकाशित ( १0 महिना अघि) ३२५ पाठक संख्या
नारी बाटिका


काठमाडांै असार २ शनिवार ।

पछिल्लो समयमा नेपालका केही सरकारी तथा निजी अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात हुन थालेपछी नेपाल चिकित्सक सङ्घले सुरक्षाका लागी व्यवस्था गर्न गृहमन्त्रि समक्ष माग गरेका छन् । अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा लापर्वाही भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात गरी अस्पताल भवन नै तोडफोड गर्ने जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

बिरामीको सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथी जथाभावी गालीगलौज गर्ने,हातपात गर्ने क्रम बड्रदै गएकोले सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।

“स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुन बमोजिम चिकित्सक तथा
स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवामा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं”, ज्ञापन पत्रमा उल्लेख छ ।

उक्त ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा गत मङ्गलबार चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको अभद्र व्यवहार उल्लेख गर्दै सङ्घले आपत्ति समेत जनाएको छ । उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै विभिन्न समयमा अन्य अस्पतालमा भएका घटना प्रति समेत संघले गृहमन्त्रि श्रेष्ठको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले भन्नुभयो, “नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताल लगायत देशभरका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटना क्रमले सवै चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित भएको महसुस गरेका अवस्था छ ।”

बिरामीको उपचार प्रक्रियामा चित्त नबुझेको अवस्थामा वा सेवा प्रभाहमा संका लागेमा सम्वन्धित कानुनी बाटो अवलम्ब गर्नु भन्दा बिरामीको सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथी कुटपिट गर्ने, अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै संघले खेद प्रकट गर्दै, आपत्ति जनाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस