आज:  | Thu, 02, May, 2024

बालकृष्ण खाँण देउवा ख्यमाका शक्तिशाली नेता जेल परेपछी कांग्रेसमा बहस सुरु

५ असार २०८०, मंगलवार ०८:३१ मा प्रकाशित ( १0 महिना अघि) ६१२ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ असार ।

नेपाली काँगे्रसका एक शक्तिशाली नेता बालकृष्ण खाँण सयौं नेपालीलाई नक्कली भुटानी शरणार्थी बनायर अमेरिका पठाउने प्रकरणमा जेल परेपछी यतिवेला कांग्रेसमा बहस सुरु भएको छ ।
खाँण देउवा ख्यमाका शक्तिशाली नेता मात्रै नभइ देउवाका दाहिने हातपनि थिए । उनी कांग्रेसका एक्ला पात्र हुन्, जो नेपाल विद्यार्थी संघ र तरुण दल दुवै भ्रातृ संगठनको अध्यक्ष बन्न सके ।

पार्टी संगठनभित्र शक्तिशाली नेता भएकाले जुनै जिल्ला पुगे पनि उनीसँग प्रत्यक्ष काम गरेका कार्यकर्ता भेटिन्थे । प्रभावशाली अनुहारहरू मध्यका नेतामा पर्ने भएकोले कांग्रेसको संस्थापन पक्षमा पार्टीभित्रको संरचना तथा संगठनमा देउवा पछि अरू कसैको वर्चस्व छ भने उनी खाँण नै मानिन्थे। केन्द्रदेखि पालिका सम्मै उनीप्रति बफादारहरूको बलिया कार्यकर्ता तथा नेतापंक्ति भेटिने गर्दथ्यो । पार्टीको पावर र शक्ति भएकोले आफ्नो समूह समेत खडा गरेका छन् ।

भुटानी शरणार्थीको नक्कली सूची बनाएर ठगी गरेको अभियोगमा प्रमाणित भएसँगै खाँण यतिबेला थुनामा छन् । खाँण पक्षीय नेताहरूको दाबी अनुसार कांग्रेस केन्द्रीय समितिमा २१ जना उनी पक्षीय छन् ।सहमहामन्त्रीद्वय भीष्म आङ्देम्बे र महेन्द्र यादव पूर्व मन्त्री खाँण निकट नेताका रूपमा परिचित छन् ।
तेस्तै केन्द्रीय सदस्यहरूमा उदय शमशेर राणा, लक्ष्मी परियार, जीतजंग बस्नेत, राधा घले, गंगा शाही, कान्तिका सेजुवाल लगायत खाँण निकट चिनिन्छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे समेत खाँण निकट नेताका रूपमा परिचित छन् ।

तरुण दलको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरू अधिकांश खाँण पक्षधर नै छन् । आफ्नो इच्छा विपरीतको व्यक्ति तरुण दलमा अध्यक्ष हुनै नसक्ने गरी उनले पकड जमाई सकेका थिए । ‘तरुण दलको सदस्यता वितरण गर्दामा नै उनले सिन्डिकेट बनाएका थिए। उनले चाहेको व्यक्ति बाहेक अरू कोही अध्यक्ष हुनै नसक्ने अवस्था थियो । नाम नवताउने सर्तमा संस्थापन पक्षका एक केन्द्रीय सदस्य भन्छन् ।

कांग्रेसका पूर्व सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले युवा संगठनलाई सक्रिय बनाउन तरुण दलको अध्यक्ष खाँणलाई तोकेका थिए । ३७ वर्षसम्म गतिविधि विहीन रहेको तरुण दल हाँक्ने युवा क्षमता गिरिजाले खाँणमा देखेका थिए । विसं २०५४ सालको कात्तिकमा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलाबाट तरुण दलले पुनर्जीवन पाएसँगै खाँण अध्यक्ष बनेका थिए ।

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवासँग उनको सम्बन्धमा कुनै कचिङगल आएको थिएन । पार्टी राजनितिक जिवनबाट एकपछी अर्को गर्दै वर्तमान सभापति देउवा सँग निकट सम्बन्ध बनाउन सफलता पाएका हुन् । मूल नेतृत्वसँग सधैं नजिक रहेका खाँणले सूचनामा पहुँच पुग्ने शक्तिशाली मन्त्रालय सम्हालेका हुनाले । गृह र रक्षा मन्त्री बन्ने अबशर मिलेको हो । यी दुई मन्त्रालय सूचनामा सर्वाधिक पहुँच राख्ने सरकारी निकाय मध्यका रूपमा परिचित छ ।

देउवा पक्षमा दोस्रो शक्ति, सधैंको शक्तिको निकट, सूचनाको पहुँच राख्ने मन्त्रालय सम्हालेको अनूभव भएका खाँण थुनामा पुगेपछि पार्टीभित्र यतिवेला वहस सुरु भएको छ । यदी खाँणले सफाई पाए पनि मूल नेतृत्वमा पुग्ने नैतिक धरातल गुमाएको हुंदा संस्थापन पक्षबाट भावी सभापतिको आकांक्षी देखिएका खाँणको राजनीतिक जीवनमा लय समात्न नसक्ने कांग्रेसका नेताहरू दाबी गर्छन् ।

देउवा समूहभित्रै आफ्नो छुट्टै शक्ति रहेकाले सभापतिको ‘यस म्यान’ खाँण नभएको पार्टीभित्र चर्चा हुँदै आएको छ । उनी राजनीतिक जीवनमा पर्खने अवस्था बने पनि शक्ति भने उनको क्षय भइसकेको छ ।अब खाँणको उस्तै क्रियाशीलता भावी दिनमा नहुन सक्छ । खाँणको शक्ति नहुँदा उनलाई पछ्याइ रहेकाहरूले साथ छोड्दै जाने आँकलन गरिएको छ ।

यतिवेला यीनै विषयको चर्चा संगै पार्टीभित्र चासो बढिरहेको छ । खाँण निकट भनी चिनिएकाहरू पनि संस्थापनकै भएकाले तितरवितर नहुने देउवा पक्षको बुझाइ छ । ‘उनीसँग जोडिएकाहरू देउवासँग पनि उस्तै सम्बन्ध छ । तत्कालै खाँणको अभावमा उनीहरूले समूह परिवर्तन गर्ने सम्भावना देखिंदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस