आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

मन्त्री पृथ्वी बहादुर चढेको गाडी दुर्घटना हुदा ४ जना घाइते

२०८० अषाढ ५, मंगलबार मा प्रकाशित ( २ साल अघि) १३४१८ पटक पढिएको
नारी बाटिका


५ असार मंगलवार ।

बझाङमा अहिले भर्खरै सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री चढेको गाडी दुर्घटना भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदार स्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० किलो मिटर तल कालंगा भन्ने खोलाको किनारमा खसेको हो।

दुर्घटनामा परी मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । घाइहरुको खुट्टा र अनुहारमा चोट लागेको छ । अहिले घाइते मन्त्री सिंहको केदार स्युँ गाउँपालिका(१ देउरा स्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

साथै बाँकी ३ जना घाइतेहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जनाइएको छ। उक्त दुर्घटना बारे भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस