आज:  | Tue, 18, Feb, 2025

मौसम अपडेट ः यी प्रदेशमा वर्षा हुने सम्भावना

७ असार २०८०, बिहीबार ०८:०५ मा प्रकाशित ( १ साल अघि) २६७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं असार ७ विहिवार ।

वर्षायामको समय लगभग दिनहु जसो वर्षा भइरहेको पाइनछ । त्यस्तै आजपनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाँकी प्रदेशका थोरै स्थानमा आज बिहीबार मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानाएको छ।

अहिले विहानीको समयमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली भैईरहेको छ। बाँकी केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

त्यस्तै दिउँसोको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का तथा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका १–२ ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

ाज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक तथा सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङदसहित हल्का तथा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस