आज: २०८२ पौष ३०, बुधबार | Wed, 14, Jan, 2026

जन्ती बोकेको जीप मनकामना नजिक गोरखामा दुर्घटना हुदा ५ जनाको मृत्यु

२०८० अषाढ ८, शुक्रबार मा प्रकाशित ( २ साल अघि) ९५९९ पटक पढिएको
नारी बाटिका


८ असार २०८० सुक्रवार ।

गए राति गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मनकामना नजिकै भएको दुर्घटनामा शहिद लखन गाउँपालिका(३ सिलिङ कोटगाउँबाट सोही गाउँपालिका(५ पोखरी डाडाँ जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ।

गोरखा प्रहरीका अनुसार अहिले विहान सम्म ५ जनाको शव भेटिएको र खोजी कार्य जारी रहेको जानकारी दिनु भएको छ। मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेका छन् । अन्यको खोजी कार्य जारी रहेको छ। घटनास्थल मनकामना नजिकै पर्दछ ।

प्रहरीका अनुसार भीरमा दुर्घटना भएको कारण अन्य जिपमा सवार ब्यक्तिहरु पनि हताहति भएको हुनसक्ने भन्दै तिव्र रुपमा प्रहरीले खोजी गरिरहेको छ। २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ।

रातको अँधेरो समय त्यस माथी पनि पानी परिरहेको हुनाले उद्दार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। अहिले जिल्लाबाट नेपाल प्रहरी, शसस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटना स्थल तर्फ गएको छ। घटनाको थप विवरण पनि आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस