आज:  | Tue, 18, Feb, 2025

मोबाइलको लत बसेपछी बालबालिकाको सर्वाङ्गीण विकासमा असर पार्ने

१३ असार २०८०, बुधबार ०८:१९ मा प्रकाशित ( १ साल अघि) २३०४ पटक पढिएको
नारी बाटिका


भगवती उप्रेती

काठमाडौं  १३ असार ।

मोबाइलको लत बसेपछी बालबालिकाको सर्वाङ्गीण विकासमा असर पार्नेे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले जनाएको छ । बालबालिकाहरुमा मोबाइलको लत बसेपछी सर्वाङ्गीण विकासमा असर पार्ने बाल रोग विशेषज्ञले सुझाव दिने गरेका छन् ।

सानासाना बालबालिकाहरुमा झगडा गर्दा,बच्चालाई खाना खुवाउँदा,आफु कुनै काममा बेस्त रहनु पर्दा धेरै जसो अभिभावकले बालबालिकालाई मोबाइल दिएर भुलाउने गर्ने गरेको पाइन्छ ।

तर बालबालिकाहरुको नयाँ कुरा सिक्ने खेलेर रमाउदै,मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेका बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारी बताउनुु हन्छ ।

बालबालिकाले मोबाइल फोन चलाउँदा कम सुत्ने,निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने तथा झस्कने,समस्या देखिन सक्ने जस्ता समस्या हुनेमा जोड दिँदै उहाँले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गर्नु भएको छ ।

पछिल्लो समयमा आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउन समेत आग्रह गरिएको छ ।

अझै कतिपय अभिभावकहरु त पछिल्लो समयको चल्तिमा आएको सामाजिक संन्जालहरुमा विना काम बेस्त हुने,तथा दुरुपयोग हुने गरेको समस्या बढ३दै गएको छ ।

फेसबुक,इन्स्टग्राम,टिकटकमा अभिभावकहरुले  सानासाना बालबालिकालाई पनि  टिकटकमा आफु संगै  बनाउने र बालबालिकालाई पनि खेलाई पोष्ट गरी भ्युज बडाउने काम गरेको पाइन्छ ।

यस्ता गतिविधीमा संलग्न गराउनाले उनिहरुको नयाँ कुरा सिक्ने,बोल्ने,खेल्ने अक्षरहरु चिन्न सिक्ने समयमा वालापनदेखी उनिहरुको रोजाइ खेल्न, लेख पढ गर्न भन्दा पनि सामाजिक संन्जाल तर्फ तिर नै वालापन मोडिन सक्ने समस्या  भएकोले यता तर्फ अभिभावकहरुको ध्यान जान जरुरी रहेको वाल विशेषज्ञ हरुको सुझाव रहेको छ ।

यसैगरी मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर पनि थाहा नपाउने हुँदा पोषण सम्बन्धी समस्या र पाचन प्रणालीमा समस्या समेत देखिन सक्ने मन्त्रालयले जनाएको छ ।

खाना खुवाउँदा अभिभावकले बालबालिका सँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन मन्त्रालयले आग्रह समेत गरेको छ । यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने जस्ता समस्या देखिन सक्ने बताइएको छ ।

सानै उमेरदेखी नै यस्ता गतिविधीमा हुर्केका बच्चाहरु ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्दै जाने हुन्छ । साथै सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्जालोले निद्रा लाग्ने हार्मोन उत्सर्जनमा पनि समस्या हुने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस