आज:  | Mon, 29, Apr, 2024

आज गुरु पूर्णिमा, गुरुजन प्रति श्रदा,भक्ति र सम्मान गरेर मनाइँदै

१८ असार २०८०, सोमबार ०९:०४ मा प्रकाशित ( १0 महिना अघि) ५४७ पाठक संख्या
नारी बाटिका


 

भगवती उप्रेती

१८ असार, काठमाडौं ।

आज गुरु पूर्णिमा, गुरुजन प्रति श्रदा,भक्ति र सम्मान गरेर मनाइँदै छ । प्रत्येक वर्ष आसाढ शुक्ल पूर्णिमाका दिन हाम्रा गुरुप्रति श्रदा,भक्ति,सम्मान र ढोगभेट गरी मनाइने प्रचलन रही आएको छ । आजकै दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजन प्रति मन,वचन,कर्मले श्रदा र सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको पाइन्छ । विद्यालयमा सानो वालापन तथा तोतेबोली देखीको उमेर आत समाई पढाई,लेखाई,सिकाईका साथ शिक्षा दिई अँध्यारो बाट उज्यालो तर्फ डोर्याउदै महान पुरुष बनाइदिने ति अशल गुरु एव्ं शिक्षकहरु प्रति कम्तिमा वर्षमा एकपटक भएपनि सम्झना गर्दै सम्मान गरिने दिने आज ।

कुनैपनि मानिसलाई गलत बाटोमा लागेको छ भने उसलाई सहि शिक्षा,ज्ञान, ईश्वर प्रतिको भक्ति,सत्ते बोल्न र आत्म सम्मानको साथ सही बाटोमा लाग्न हिड्न सिकाउने पनि जिवनको मुल्यवान गूरु मानिन्छ । त्यस्तै अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ः ।
गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम ः।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी धर्मविद्हरुले सन्देश दिनु भएको छ । पाँचौँ वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नु भएको हो ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्य देवो भव’भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघ संस्थाहरुले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती,
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नु हुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइने गरिन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिनु भएकोले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नु भएको छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

यसमा भन्न खोजिएको केहो भने अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस