आज:  | Tue, 14, May, 2024

सुरक्षित आप्रवासन(सामी)परियोजना अन्तर्रक्रिया कार्यक्रम आज धादिङवेशीमा

२० असार २०८०, बुधबार २०:२४ मा प्रकाशित ( १0 महिना अघि) ४४९ पाठक संख्या
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २० असार

वैदेशिक रोजगारी तथा सुरक्षित आप्रवासन(सामी)परियोजना संन्चालित धादिङको निलकण्ठ नगरपालिकामा आज पत्रकारहरु संग अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक सहयोगमा नेपाल सरकार स्थानिय तह संग सहकार्यमा संचालन हुने यस सामी) परियोजना धादिङमा चार नगर तथा गाउँपालिकामा संन्चालन भइरहेको छ । जसमध्य निलकण्ठ नगरपालिकामा परियोजना अन्तर्गत हालसम्म यस कार्यक्रमले जनमासमा पारेको प्रभाव,वैदेशिक रोजगारी गइ समस्यामा परेकाहरुलाई पुर्याएको सहयोगका बारेमा पत्रकारहरु संग छलफल गरिएको हो ।

बुधबार पत्रकार सम्मेलन गरि ‘स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सीप सिकेर मात्र जाऔ’ भन्ने भनाई सँगै चालु आ।व २०७९÷८० वार्षिक प्रगती प्रतिवेदन तथा सरोकार वालासंग कार्यक्रमको दिगोपना विषयमा छलफल गरिएको हो ।

कार्यक्रमलाई सहजीकरण गर्नु हुदै अधिवक्त दिनेश दुवाडीले वैदेशिक रोजगारीलाई लाई प्रभाव पार्ने तत्वहरू, देशको वैदेशिक रोजगारीको समग्र अवस्था, वैदेशिक रोजगारीमा जाने समयमा र गईसकेपछाडी आइपर्ने चुनौतिहरु र सुरक्षित आप्रवासनले यसवारे गर्दै आईरहेका विभिन्न कार्यक्रमका विवरणहरु प्रस्तुत गर्नु भएको थियो ।

वैदेशिक रोजगारीको वारेमा स्पष्ट पार्दै अधिवक्त दुवाडीले बैदेशिक रोजगारीमा जाने वेला श्रम स्वीकृति लिएर मात्र जानुपर्ने पनि बताउनु भयो । वैदेशिक रोजगारीमा जाने धेरै व्यक्तिहरु ठगिएको र अलपत्र परेका घटनाहरुलाई स्मरण गर्दै उहाँले यस्ता घटनाहरुलाई कम गर्न र पुन नदोहोरीनको लागि सरोकारवाला पत्रकारहरुको मुख्य भूमिका रहने बताउनु भयो ।

वैदेशिक रोजगारीमा लगिदिने वाहानामा विभिन्न संघ संस्थाहरुले ठग्ने गरेको र यस्ता किसिमका क्रियाकलापबाट सचेत रहन समेत प्रतिवेदनउपर छलफल गरिएको हो ।सामी परियोजनाले धादिङको धुनीवेशी नगरपालिका,थाक्रे गाउँपालिका,गंगाजमुना गाउँपालिका,नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारिलाई व्यवस्थित सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच,न्यायमा पहुँच, सीप विकास तालिम,मनोसामाजिक परामर्श,वित्तीय साक्षरता जस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा संञ्चालन गरिदै आएको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी ,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगालय विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस